प्रेरणा र अश्लेषा फाइनलमा

प्रेरणा र अश्लेषा फाइनलमा

काठमाडौं  : प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला एकलको फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा प्रेरणाले गंगा शर्मालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरिन् । अर्को सेमिफाइनलमा अश्लेषाले आइरा रावतलाई ६–३, ६–२ ले हराइन् ।

पुरुष एकलमा प्रदीप खड्का र आइभान हो लिसानेविच उपाधिका लागि भिड्ने भएका छन् । प्रदीपले निक रास्त्रुपलाई ६–७, ६–३, ६–२ तथा आइभनले प्रणव खनाललाई ६–०, ६–३ को सेटमा पाखा लगाए ।

पुरुष ६५ वर्षमाथिको फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारले गौतमलाल प्रधानलाई ४–१, ४–१ को सेटमा निराश पार्दै पहिलो भए । पुरुष ५५ वर्षमाथिको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले स्वर्ण जिते । फाइनलमा उक्त जोडीले कमल थापा र छ्याम्बा धोन्डुपको जोडीलाई ६–१,६–१ को सोझो सेटमा पन्छाए ।

पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले राजु श्रेष्ठ र सिमान्त गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा फाइनलमा पन्छ्याउँदै पहिलो स्थान हात पारे । सोही उमेरसमूहको एकलमा कमलले अर्को स्वर्ण जिते । फाइनलमा कमलले छेवाङ लामालाई ६–२, ६–२ ले हराए ।

पुरुष ५५ वर्षमाथि एकलमा कृष्णराज घलेले करिममुल्लाह मुस्लिमलाई ६–०, ६–२ तथा कमल थापाले सुशीलराज पाण्डेलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ४५ वर्षमाथि डबल्समा गोपी भट्टराई र धरम लामिछानेको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–३, ७–६ तथा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले चन्द्र शाही र दिनेश तुलाधरको जोडीलाई ६–२, ४–६, १०–४ को सेटमा हराउँदै फाइनलमा पुगे ।

४५ वर्षमाथि राजु श्रेष्ठले मनोज शाहलाई ६–४, ४–६, १०–७ तथा चन्द्र शाहीले राजु राईलाई ६–२, ६–० ले पाखा लगाउँदै फाइनल भेट पक्का गरे ।

मिक्स डबल्सको फाइनल सन्तोष खत्री र गंगा शर्मा तथा दिदीभाइ अश्लेषा र आइभन हो लिसानेविचको जोडीबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.