असार १९ देखि निगमको जापान उडान

असार १९ देखि निगमको जापान उडान

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी असार १९ गतेबाट जापान उडान सुरु गर्ने औपचारिक घोषणा गरेको छ। निगमले सातामा तीन उडान गर्ने गरी काठमाडौं–जापान सीधा उडानको घोषणा गरेको छ।

निगमले काठमाडौं–ओसाकाको नियमित उडान हरेक मंगलबार, बिहीबार र शनिबार हुने जानकारी दिएको छ। निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेरै जापान उडानको जानकारी दिएको हो। निगमले काठमाडौंबाट बिहान २ः३० बजे ओसाकाका लागि उड्नेछ। स्थानीय समयअनुसार दिनको ११ः५५ बजे जपानको ओसाका पुग्नेछ। यसैगरी ओसाकाबाट स्थानीय समयअनुसार १ः ५५ बजे उडेको निगमको जहाजले काठमाडौंमा सोही दिन साँझ ६ः०० बजे अवतरण गर्ने जानकारी निगमले दिएको छ।

ओसाकाको सबै उडान निगको ठूलो जहाज वाइडबडी ए३३०–२०० बाट गर्नेछ। यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हँुंदै ओसाकासम्म उडान गथ्र्यो। तत्कालीन समयमा विमानको कमीले जापान उडान स्थगित गरिएको थियो। सन् २००० मा ४१ हजार ७० जनाले जापान–काठमाडौं यात्रा गरेका थिए। जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिब २२ हजार यात्रु आएका थिए।

ध्वजाबाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६१३ यात्रुमा सीमित भएको थियो। निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने निगमको भनाइ छ।

निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौं–ओसाका र ओसाका–काठमाडौं उडान एकतर्फी करिब ६ घन्टा ३० मिनेटको हुनेछ। दोस्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामासमेत नियमित उडान गर्ने योजना बनाई तदनुरूप प्रक्रिया अगाडि बढाइएको छ। टोकियोको नारितामा उडान सुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा २/२ उडान गर्ने योजना छ। सन् १९९४ मा सुरु भएको काठमाडौं–ओसाका उडान २००७ सम्म नियमित थियो। बोइङ ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गर्ने गरेको थियो। अब काठमाडौं–ओसाका र ओसाका–काठमाडौं वाइडबडी विमानबाट सीधा उडान गरिनेछ।भाडा दर

निगमले जापान उडानको एकतर्फी भाडादर न्यूनतम ४५ हजार रुपैयाँ तय गर्ने भएको छ। दुईतर्फी भाडादर भने ७७ देखि ८० हजार रुपैयाँ हुने निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए। उनका अनुसार निगमले भाडादर तय गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण पठाएको छ। उक्त भाडादर आइतबारसम्म स्वीकृत भएर आउने र टिकट बुकिङ खुला हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.