सिन्धुलीमा 'मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण' सुरु

सिन्धुलीमा 'मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण' सुरु

सिन्धुली : सिन्धुली जिल्लामा पहिलो पटक मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ। पूर्वमन्त्री तथा संघीय संसद हरिबोल गजुरेलले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेपछि सिन्धुलीमा उक्त कार्यक्रम सुरु भएको हो। 

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले केही समयअघि मकावनपुरको हेटौंडाबाट सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुलीको कमलामाई नगरपालिकामा आइतबारबाट सुरु भएको हो।

पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगको संक्रमण भयावह हुँदै गएपछि त्यसको समयमा नै पहिचानका लागि भन्दै नेपालमै पहिलो पटक तीन नम्बर प्रदेशका मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयअन्तरगत यस्तो कार्यक्रमको सुरुवात गरेका हुन्।

सिन्धुली अस्पतालद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य परीक्षणको औपचारिक उद्घाटन गर्दै पूर्व कृषिमन्त्री समेत रहेका संसद गजुरेलले आर्थिक रुपमा विपन्न, गरिब, दलित र महिला समुदायमा भयावह र निको नहुने रोगको समयमा पहिचान गरी स्वास्थोउपचार गर्न कार्यक्रमले सहयोग गर्ने बताए। 

उनले भने, 'यस्तो कार्यक्रमले विपन्न वर्गको लागि ठूलो सहयोग पुग्छ। आर्थिक अभावमा रोग लुकाएर बस्नेका लागि समयमा रोगको पहिचान गर्न र त्यसको रोकथाम तथा उपचार गर्न पनि सहयोग पुग्छ।'

मानिसको व्यवहार, खानपान, बढ्दो वातावरण प्रदूषण, विषादीको व्यापक प्रयोग जस्ता कारण नेपालमा दिनप्रतिदिन सर्ने रोगभन्दा नसर्ने रोग देखापर्दै गएको अवस्थामा यस्तो कार्यक्रम प्रभावकारी हुनेमा गजुरेलले विश्वास गरे। 

'राजनीतिक संस्कृतिका कारण नेपाली नागरिकले सर्बसुलभ स्वास्थ्य सेवा लिन सकेका थिएनन्। पहिलो चरणमा यस्तो कार्यक्रमको सुरुवात भएको छ। यो अत्यन्तै सुखद पक्ष हो। अब रोग लागेपछि स्वास्थ्य परीक्षण गर्नेमात्र हैन् रोग लाग्नै नदिनका लागि आफ्ना व्यवहारलाई सुधार्दै खानपानमा ध्यान दिन सक्नुपर्छ।हामीले हाम्रो सामाजिक संस्कृतिलाई पनि परिवर्तन गर्दै लैजानु पर्छ,' उनले भने।

प्रदेश नम्बर तीनको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमार दाहालले नेपालमा शारीरिक निष्कृयता, धुम्रपान तथा मध्यपानको प्रयोग, अस्वास्थ्यकर खानेकुराको प्रयोग जस्ता कारणले धेरै मानिस नसर्ने रोगबाट पीडित हुँदै गएपनि स्वास्थ्य परीक्षण नहुँदा थाहै नपाई रोग पालेर बसेको बताए। 

उनले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमले आगामी असार मसान्तसम्ममा सिन्धुलीको कमलामाई नगरपालिकाका १४ वटै वडाका दुई हजार नागरिकको स्वास्थ्य परीक्षण हुने उल्लेख गरे। 'उक्त कार्यक्रमअन्तरगत लक्षितवर्गको सिन्धुली अस्पतालबाट २२ सय रुपैयाँ बराबरको एक व्यक्तिको स्वास्थ्य परीक्षण हुने छ,' उनले भने।

वडा कार्यालयको सिफारीसमा गरिने स्वास्थ्य परिक्षण पहिलो चरणमा दलित, विपन्न आदिवासी जनजाती, द्वन्द्वका घाइते, वेपत्ता परिवाका आफन्त र महिला स्वास्थ्य स्वयमसेवीकाको स्वास्थ्य परीक्षण गरिने छ।

उता जिल्लामा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरुभए पनि प्रविधि र दक्ष जनशक्ति अभावमा सिन्धुली अस्पताल कमजोर हुँदै गएको भन्दै अस्पतालकी मेडीकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमले चिन्ता व्यक्त गरिन्। 

उनले भनिन्, 'अस्पतालमा दैनिक विमारीको चाप बढेको छ। त्यसमा पनि कार्यक्रमले थप विमारीको चाप बढ्छ। हामी सेवा दिन तयार छौं तर, हामीसँग भएका प्रविधिहरु घर अभावका कारण जडान गर्न सकेका छैनौं। दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक पनि अस्पतालमा छैनन्। यस्तो विषम परिस्थितिमा पनि काम गर्न तयार हुनु परेको छ।'

अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले दरबन्दी अनुसार चिकित्सकको व्यवस्थापन गरीदिन प्रदेश सरकार र संघिय सरकारसँग माग समेत गरे। उनले भने, 'जिल्लामा स्वास्थ्यसेवा प्रदान गर्न चिकित्सक अभावमा निक्कै कठिन भएको छ। दरबन्धी अनुसारका डाक्टर पनि जिल्लामा बसेर काम गर्न मान्दैनन्। अहिले कर्मचारी समायोजनले अस्पतालमा चिकित्सकको अभाव भएको छ।'

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा दमखोकी, मोटापन, उच्चरक्तचाप, दिशा तथा पिसावको जाँच, रगतको परिक्षण, सुगर, मृगौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छाति, इसिजी, युएसजी र भिआईए जाँच गरिन्छ।

यो कार्यक्रम तीन नम्बर प्रदेश सरकारले पहिलो चरणमा सिन्धुलीसँगै मकावनपुर, सिन्धुपाल्चोक, भक्तपुर र धादिङ जिल्लामा परीक्षणको रुपमा सुरुवात गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.