इन्द्रसरोबरमा प्याराग्लाइडिङ

इन्द्रसरोबरमा प्याराग्लाइडिङ

हेटौंडा : मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य इन्द्रसरोवर गाउँपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। इन्द्रसरोवर गाउँपालिका १ मार्खुस्थित कुलेखानी जलविद्युत् आयोजनाको ताल इन्द्रसरोवरमाथि गुम्बा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको पहलमा नियमित उडान गर्ने लक्ष्यका साथ परीक्षण उडान गरेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए। परीक्षणका लागि गाउँपालिकाले पोखराबाट प्याराग्लाइडिङ पाइलट विशाल लामाको नेतृत्वमा अध्ययन तथा परीक्षण गराएको थियो।

परीक्षण उडानसँगै प्याराग्लाइडिङ उडानका लागि आवश्यक अनुमति लिने प्रक्रिया अघि बढाइएको लामाले बताए। ‘नागरिक उडड्यान प्राधिकरणले अनुमति दिने बित्तिकै हामी व्यावसायिक उडान थाल्छौं’, उनले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण सहयोग गर्नेछ भन्ने अपेक्षा लिएका छौं।’

राजधानी काठमाडौंबाट नजिक रहेको कुलेखानी, मार्खु र चित्लाङ क्षेत्रमा वर्षेनी पर्यटक करिब ५० हजार पर्यटक आउने गरेको अध्यक्ष लामाले बताए। ‘हामीसँग प्राकृतिक सुन्दरता र हावापानीको कमी छैन, त्यसमा आवश्यक पूर्वाधार थपेर वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेका छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.