आफू पढेको स्कुललाई एक वर्षको तलब दिने मेयरको घोषणा
ललितपुर : गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले आफूले अध्ययन गरेको विद्यालयलाई एक वर्षको तलब दिने घोषणा गरेका छन् । सोमबार विद्यालयको स्वर्णजयन्तीका अवसरमा महर्जनले यस्तो घोषणा गरेका हुन्।
नगर प्रमुख महर्जनले गोदावरी नरगपालिका–१२ ठेँचोमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई रकम दिने घोषणा गरेका हुन् । ‘आफूले यसै विद्यालयमा कक्षा १ देखि १० सम्म पढेकोले सहयोग गरेको हुँ’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर बढाउनुपर्छ भन्ने सन्देष्श दिन पनि चाहन्छु ।’ उनको एक वर्षको तलब ३ लाख ५० हजार रुपैयाँ हुन्छ । पुरानो र राम्रो विद्यालय भएको पनि बताए।
सरस्वती माविमा हाल १२ कक्षासम्मको अध्ययन हुन्छ ।
प्रतिक्रिया दिनुहोस !