राति वडा कार्यालयमा आगजनी

राति वडा कार्यालयमा आगजनी

डोटी  : डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को  वडा कार्यालयमा आगजनी गरिएको छ । मान्नाकापडीमा रहेको वडा कार्यलयमा अज्ञात समूहले गएराति  आगजनी गरेको वडा अध्यक्ष  वीरेन्द्र बहादुर कोटकेनीले जानकारी दिएका छन्। 

बडीकेदार डोटीको दक्षिण क्षेत्रमा रहेको गाउँपालिका हो ।  वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सामाग्रीहरू एक ठाउँमा जम्मा गरेर आगो लगाईएको वडा अध्यक्ष कोटकेनीले बताए। 

वडाध्यक्ष कोकेनीले भने वडा कार्यालय गाउँभन्दा अलिमाथि छेउमा छ, धेरै टाढाँ पनि छैन् तर रातिको समयमा कार्यालयको ढोका फोडेर सबै सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाएको छ सबै सामाग्री नष्ट गरिएको छ ।’

 हिजो अस्तीसम्म आफू वडा कार्यालयमा बसी सेवा प्रवाह गरिरहेको कसैसँग कुनै विवाद तथा विमती नरहेको उनले बताए । ढोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने अध्यक्ष कोटकेनीले माग गरेका छन्। 

राति आगो लगाइएको भएपनि मंगलबार बिहान मात्र प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए। 


वडा कार्यालय जलाइयो भन्ने खबर सुन्दा निकै दुःख लागेको बडीकेदार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने‘‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही विमती भए जनप्रतिनिधि संग राख्ने हो यस्तो हर्कत गर्नु निन्दनीय हो’ यस बिषयमा गाउँपालिकाले टोली गठन गरी छानबिन उनले गर्ने बताए ।’

आगो कसले लगायो, किन लगायो भन्ने बिषयमा लागेको प्रहरी घटना स्थल पछि तत्का अनुसन्धान गरिने वडा अध्यक्ष कोटकेनीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.