ढाँटेर नागरिकता लिएको भन्दै उजुरी

ढाँटेर नागरिकता लिएको भन्दै उजुरी

हेटौंडा : चार जना विदेशीले नाम ठेगाना ढाटेर नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ । भारतीय नागरिकहरुले आफ्नो नाम ठेगाना ढाँटेर नेपाली नागरिकता लिएको दाबीसहित पर्सा जिल्ला बसडिल्ला वडा नम्बर सात बस्ने उसमान अंसारीले उजुरी दर्ता गराएका हुन् ।

उनले दिएको उजुरीमा भारत बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा, डाकभर आमोदेई ग्राम पन्चायत रघुनाथपुर घर भएका चार जनाले हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर चार बस्ने इव्राहिम अंसारीको छोरा बनी नेपाली नागरिकता लिएको उल्लेख छ । 

त्यसरी नागरिकता लिनेमा महमद जावेद अंसारी, सकिल अंसारी, एजाज अंसारी, प्रवेज अंसारी रहेको निवेदकको उजुरी छ । निवेदकले उनीहरुको नागरिकता खारेज गरी आवश्यक कारबाहीको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट २०६४ साल पुस नौ गते नागरिकता लिएको कार्यालयको तथ्याङ्क छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उनीहरुले नेपालको अन्तरिम संविधान २०६३ अनुसार बनेको नागरिकता ऐन अनुसार नागरिकता लिएको पाइएको बताए । ‘अन्तरिम संविधानले नेपालमा जन्मेको आधारमा उनलाई चिन्ने ब्यक्तिहरुले सिफारिस गरेपछि जन्मको आधारमा नागरिकता पाउने सुविधा दिएको थियो’, उनले भने, ‘यसरी नागरिकता लिनेहरुमा उजुरी पर्न आएका ब्यक्तिहरु भारतीय हो वा होईन छानबिन भइरहेको छ ।’

उनीहरुले भारतीय नागरिक भएर नेपाली नागरिकता लिएको पाईए कारबाहीको लागि जिल्ला अदातमा मुद्धा दायर गर्न पुराना फाईल र सिफारिस गर्ने ब्यक्तिहरुबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

२०६३ पुसदेखि २०६४ पुससम्म गृह मन्त्रालयले टोली नै खटाएर मकवानपुर सहित तराईका जिल्लाहरुलाई प्राथमिकता दिएर नागरिकता बितरण घुम्ति शिविर सञ्चालन गरेको थियो । टोलीले कुनै आधार नभएको तर नेपालमा बसोबास गर्दै आएकाहरुलाई बसोबासको आधारमा सर्बदलीय संयन्त्रले सिफारिस गरे अनुसार नागरिकता बितरण गरेको थियो ।

वंशजको आधारमा २८ जनाले लिए नागरिकता

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जन्मको आधारमा नागरिकता लिएका आमा बुवाका २८ सन्तानले वंशजको आधारमा नागरिकता लिएका छन् । २०७५ चैत्र १९ मा गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएका बाबुआमाका सन्ततीले वंशजको नागरिकता लिन पाउने गरी देशैभरका ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

उक्त पत्रको आधारमा चैत्र १९ देखि हालसम्म दश जना महिला र १८ जना पुरुषले वंशजको आधारमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता पाएका अभिभावककको छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई निर्देशन दिएपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.