बालुवाटार जग्गा प्रकरण : अनुसन्धान प्रभावित नपार्न प्रधानमन्त्रीलाई पत्र
काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा सम्भावित अभियुक्तलाई उम्काउने अभिप्रायले प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति प्रति ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले आपत्ती जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य सम्बन्धित निकायको स्वतन्त्र र निष्पक्ष अनुसन्धान प्रक्रियामा कसैबाट अनुसचित दबाब नदिन टीआईले माग गरेको हो।
बुधबार विज्ञप्ति सार्वजनिक उसले निष्पक्षरुपमा अनुसन्धान तथा न्यायिक प्रक्रियालाई अगाडि बढाउन अनुकुल वातावरण सिर्जना गर्नु प्रधानमन्त्रीको दायित्व भएको उल्लेख गरेको छ।
अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाई रहेको अवस्थामा सरकारसम्बद्ध राजनीति दलका पदाधिकारीलाई कानुनी कारवाहीबाट जोगाउने उद्देश्यले प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गलत भएको उसको ठहर छ।
टीआर्इ नेपालले सरकारले बालुवाटार जग्गा प्रकरणमा सरकारले जाँचुबुझ समिति गठन गरी सत्य तथ्या पत्ता लाउन गरिएको प्रयासलाई सराहनीय भनेको छ।
अध्यक्ष खेमराज रेग्मीले जारी गरेको विज्ञप्तिमा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिको नाम दर्ता गराई हडप्नेसम्मको अनियमिताप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !