सडक मर्मत नगरेको भन्दै स्थानीयले गरे बौद्ध- जोरपाटी सडक अवरुद्ध

सडक मर्मत नगरेको भन्दै स्थानीयले गरे बौद्ध- जोरपाटी सडक अवरुद्ध

काठमाडौँ : सडक मर्मत नगरेको भन्दै व्यापारी र स्थानीयले बौद्ध -जोरपाटी सडकखण्ड अवरुद्ध गरेका छन्। 'विश्वसम्पदा सूचिमा सूचीकृत बौद्ध सडक चाँडो पीच गर, धूलो हिलो अन्त्य गर' जस्ता नारा लगाएर बिहीबार बिहान स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।

बिहान ८ बजेदेखि उक्त सडक अवरुद्ध हुँदा साँखु, गागलफेदी, आलापोट, गोकर्ण र मेलम्चीबाट रत्नपार्क, कोटेश्वर र चक्रपथ आउने गाडीहरु जोरपाटी चोकबाटै फर्काइएका छन्। सडक अवरुद्ध हुँदा बिहान कलेज, स्कुल तथा कार्यालय हिँडेका यात्रुहरु समस्यामा परे।

बौद्ध व्यापार संघको आयोजनामा व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएकाले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले सडकमा ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर धर्ना दिए। प्रदर्शनका कारण यातायात आवागमन प्रभावित भएको छ।

सडक कालोपत्रे नहुँदा  सडक किनारका बासिन्दा र व्यापारी सबैभन्दा बढी प्रभावित भएका छन् ।सडककै कारण व्यापार व्यवसाय चौपट भएको उनीहरुले बताए।स्थानीय व्यापारी आत्माराम चौलागाईँले बिहान पसल नखोलेरै विरोध प्रदर्शनमा उत्रिएको जनाए। उनले भने, 'धूलोले बस्नै नसक्ने भएपछि सरकार र सम्बन्धित निकायको ध्यानकर्षण गराउन सडकमा उत्रिएका हौँ।'

दर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही, गर भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।सडक मर्मम नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।

उक्त सडकमा खण्डखण्ड बनाएर कालोपत्रे सुरु गरिएको छ।लामो समय भएसक्दा पनि सडक पिच नहुँदा स्थानीय पानी पर्दा हिलो र घाम लाग्दा धूलोबाट आजित भएका छन्।

सडक मर्मतका लागि स्थानीयवासीले निरन्तर दबाब दिँदै आएका छन्। स्थानीयले यसअघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठीलगायतका कार्यक्रमसमेत गरेका थिए । स्थानीयले यो सडकलाई 'ज्यानमारा' सडकको नाम पनि दिएका छन्।

एक हप्ता अघि उक्त सडकखण्डको टुसाल चोकमा आलापोटबाट रत्नपार्क जाँदै गरेको बस दुर्घटना हुँदा १७ भन्दा बढी यात्रु घाइते भएका थिए।उसो त यो सडकमा दिनहुँजसो सानातिना दुर्घटना भइरहन्छन्।

सडकको केही भागमा मात्र कालोपत्रे सुरु भएको छ। चाबहिलदेखि थलीसम्मको सडकखण्डको ६ ठाउँमा कालोपत्रे भएको छ। टुकुचोदेखि टुसाल चोकसम्म, जोरपाटी ओरोलोदेखि नारायणटार चोकसम्म र दक्षिण ढोकादेखि नर्लिङसम्म सडक कालोपत्रे भएको छ। त्यस्तै  नर्लिङ गेट अगाडिदेखि  तिवारीचोकसम्म कालोपत्रे भएको छ भने हरियाली नगरमा पनि कालेपत्रेको काम हुँदैछ। थली ओरालोमा कालोपत्रे भएपनि थली बजारको सडक भने हेरिसक्नु छैन। थलिदेखि साँखुसम्मको सडकमा  कालोपत्रेको कुनै सुरसारै छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.