मलाइका–अर्जुन विवाह हल्ला मात्रै
मुम्बई : बलिउडमा पनि अनेक थरी खबर आउँछन्। ती एकाएक भाइरल बनिदिन्छन्। केही समयदेखि बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको विवाहको खबर चर्चामा थियो। विवाहको दिन, समय स्थानबारे पनि खबर बाहिरियो। कतिपय सञ्चारमाध्यमले १९ अप्रिलमा विवाह हुने भनेर समाचार सम्प्रेषण नै गरे। जुनमा विवाह हुँदैछ भन्ने खबर बाहिरिए।
तर ती खबर हल्ला मात्र भएको अर्जुन कपुरले बताएका छन्। यसअघि उनीहरू आफैंले सञ्चारमाध्यममा आएजस्तो पे्रम सम्बन्धबारे खुलासासमेत गरेका थिएनन्। मलाइकाले सलमान खानका दाजु अरबाजसँग विवाह गरेकी थिइन्। विवाहको १८ वर्षपछि उनीहरू अलग बस्न थाले। सन् २०१७ मा सम्बन्धविच्छेद गरेका उनीहरूका एक छोरा छन्।
केही समयअघि एउटा टीभी कार्यक्रममा मलाइकाले अर्जुन हरहिसाबले मनपर्छ भने पछि सञ्चारमाध्यम जुर्मुराएका थिए। अहिले आएर ३३ वर्षीय अर्जुनले विवाहबारे तयारी नरहेको बताएका छन्। मलाइका र उनको उमेर १२ वर्षको फरक रहेकाले उनीहरूका फ्यान र प्रशंसक दंग थिए। यसैबीच अर्जुन कपुरको नयाँ चलचित्र इन्डियाज मस्ट वान्टेडको ट्रेलर सार्वजनिक भएको छ। चलचित्र सत्य घटनामा आधारित रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !