पाँचथरमा १५ वर्षीया किशोरीको हत्या

पाँचथरमा १५ वर्षीया किशोरीको  हत्या

फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिका-४ कात्तिकेमा आइतबार बेलुका १५ वर्षीया एक किशोरीको घाँटी रेटी हत्या भएको छ।

सिद्ध मावि पञ्चमीमा कक्षा १० मा अध्ययनरत शर्ण योङ्हाङकी छोरी सितल योङहाङको हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार हत्या गरेर फालेको अवस्थामा सितलको शव स्थानीयले फेला पारेका थिए।

आइतबार विद्यालय छुट्टी भएपछि घर पुगेकी सितललाई सुँगुरलाई चारो दिनू भनेर आमा मनु योङहाङ घाँस काट्न गएकी थिइन्। मनुका अनुसार घाँस काटेर घर आउँदा सितल घरमा थिइनन्। 'छोरी साथीकोमा गइछे भन्ने लागेको थियो,' जिल्ला प्रहरी कार्यालयमा विह्वल हुँदै आमा मनुले भनिन्, 'साँझमा घरभरी मान्छेको भीड लाग्यो। घरदेखि माथि छोरीको हत्या भएको छ भनेर स्थानीयले खबर गरेपछि थाहा पाएँ।'

सितल विद्यालयबाट घर आएको तीन घण्टापछि आमा मनुले छोरीको हत्या भएको खबर स्थानीयले सुनाएका थिए। गाउँमा रहेको मान्छे नबस्ने एउटा खाली घरभित्र रगतले पोतिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ।'घटनाको प्रकृति हेर्दा घरभित्र धारिलो हतियार प्रयोग गरी सितलको हत्या भएको अनुमान छ,'प्रहरी निरीक्षक पौडेलले भने, 'घरभित्र हत्या गरेपछि सितलको शव बाटोमा लगेर फालेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। शंकास्पद व्यक्तिको खोजी कार्य जारी छ।'

स्थानीयका अनुसार हत्या हुनुभन्दा तीन दिन अघिदेखि मुखमा माक्स लगाएर दुईजना युवा गाउँमा घुमिरहेका थिए। नौला देखिने ती युवालाई कसैले पहिचान गर्न नसकेको स्थानीय बताउँछन्। सितलको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइको छ।छोरीको हत्यारालाई खोजी गरी कानुन बमोजिम कारबाही गर्न परिवारले प्रहरीमा जाहेरी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.