बैतडीमा औलोको जोखिम कायमै

बैतडीमा औलोको जोखिम कायमै

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी औलोको जोखिममा छ। सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो तीन वर्षयता बैतडीमा पनि देखिन थालेको छ। जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केही वडामा औलोका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य सहायक सन्तोष पाण्डेयले बताए।

‘पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने बैतडी पनि औलोको जोखिममा छ। खास गरेर जिल्लाको तल्लोस्वराड क्षेत्रमा औलोको बिरामी भेटिएका छन्। त्यसैले हामीले औलो रोग निवारणका लागि कार्यक्रम पनि केन्द्रित गरेका छौं’, उनले भने।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ६७ जना औलोको बिरामी फेला परेका थिए  । गत वर्ष ५४ जना औलाको बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले बताइन्। चालु आर्थिक वर्षको चैतसम्म १८ जना औलोका बिरामी फेला परेका उनले बताइन्।

मौसममा आएको परिवर्तन, लामखुट्टे वृद्धि हुँदै जानुले औलोका बिरामी पहाडी जिल्लामासमेत देखा पर्न थालेका उनको भनाइ छ। तराईका जिल्लामा देखिने औलोरोग पहाडी जिल्लामा पनि देखिन थालेपछि सुत्दा झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन्। 

जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका केही वडामा गर्भवती महिलालाई निशुल्क रुपमा झुल वितरण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। औलो देखिएको क्षेत्रमा घरघरमा  स्प्रे गरेर लामखुट्टे मार्ने अभियान सञ्चालन भएको स्वास्थ्य सहायक पाण्डेयले बताए। उनले भने ‘ज्वरोका बिरामी स्वास्थ्य संस्थामा आउँदा उनीहरुको रगत जाँच गर्ने गरिएको छ। रगतमा औलोका किटाणु भेटिएपछि उपचार गर्ने गरेका छौं।’

मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा औलोको बिरामी फेला परेपछि औलोरोगबाट बच्ने उपायका बारेमा दशरथचन्द नगरपालिकामा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। भारतसँग सीमा जोडिएको नगरपालिका भएको र महाकाली किनारका बस्तीहरुमा लामखुट्टे पनि भएकाले औलो रोगबाट बच्ने उपायका बारेमा छलफल गर्ने गरिएको स्वास्थ्य सहायक पाण्डेयले बताए 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.