सेती लोकमार्ग निर्माण सुस्त

सेती लोकमार्ग निर्माण सुस्त

बझाङ : सेती लोकमार्गको चैनपुर–ताक्लाकोट खण्ड निर्माण सुस्त गतिमा छ। कैलालीको बैनियाँबाट सुरु भएको लोकमार्गले डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोडनेछ। त्रिदेशीय नाका जोड्ने यो सडक सुदूपश्चिम प्रदेशको गौरवको योजना हो।

‘रुपातोलाबाट माथि धुलीसम्म काम ढिला भएको छ’, चैनपुर–ताक्लाकोट सडक आयोजनाका प्रमुख ऐनबहादुर सिंहले भने, ‘अब सडक निर्माणले गति लिनेछ।’ उत्तरी खण्ड बझाङ सदरमुकाम चैनपुरबाट तिब्बतको सिमाना उरैभञ्ज्याङसम्म १ सय १७ किलोमिटर दूरी पर्छ। ट्र्याक भने ३० किलोमिटर मात्र खोलिएको छ।

चैनपुरबाट साइपाल गाउँपालिका धुलीसम्म दुई प्याकेजमा राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण सेवाले काम गरिरहेका छन्। चैनपुरबाट रुपातोलासम्म निर्माणको जिम्मा लिएको राजेन्द्र निर्माण सेवाले ७५ प्रतिशत काम भएको दाबी गरेको छ। रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले २०७४ मंसिरमा काम सुरु गरेको थियो। १२ किलोमिटर मात्र ट्र्याक खोलिएको छ।

निर्माण कम्पनीले कहिले तेल अभाव त कहिले साइटमा समस्या भएको बहाना बनाउने गरेका छन्। रुपातोला–धुली खण्ड ७५ करोड र चैनपुर–रुपातोला खण्ड २२ करोडमा ठेक्का लागेको थियो। धुली पुग्न अझै २० किलोमिटर ट्र्याक खोल्न बाँकी छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले धमाधम काम गर्न निर्देशन दिएका छन्। साइपाल गाउँपालिका भएर जाने सडकको काम छिटो गर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए। जिल्लाकै सबैभन्दा दुर्गम साइपालवासी सडकको पर्खाइमा रहेको स्थानीय फगिर बोहराले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.