विस्तारबिना नै पिच हुने भयो सातदोबाटो चापागाउँ सडक

विस्तारबिना नै पिच हुने भयो सातदोबाटो चापागाउँ सडक

ललितपुर : तत्कालको लागि जस्ताको तस्तै सडक पिच गरिदिन सातदोबाटो चापागाउँका स्थानीयबासीले राखेको माग सम्बोधन भएको छ । वर्षौदेखि लथालिंग बनेको सातदोबाटो चापागाउँ सडक खण्ड कालोपत्रे हुने भएको हो । 

खाल्डाखुल्डी, धुलोधुवाँ र पानी परेपछी हिलोका कारण आक्रान्त बनेका स्थानीयबासी सडक कालोपत्रे गरिदिन ाग गर्दै एक सातादेखि आन्दोलित थिए । 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुासर हाललाई जस्ताको त्यस्तै अवस्थामा सडकमा कालोपत्रे गर्ने निर्णय भएको हो । ‘सडक विस्तार गर्नुपर्ने भए पनि हाल जस्तो अवस्थामा छ त्यही अवस्थामा कालोपत्रे हुन्छ’, महर्जनले भने, ‘तीब्र रुपमा काम सम्पन्न गर्ने निर्णय भएको छ ।’  

निर्माणको ठेक्का लिएका ललीतध्वज खड्काले तीनवर्ष भईसक्दा पनि सडक मर्मत तथा कालोपत्रे नगरेपछि धुलो र हिलोले स्थानीयबासी हैरान भएका थिए । 

ठेकेदारले सातदोबाटो चापागाउँ खण्डमा सडक विस्तार गर्नुपूर्व सडक किनारामा रहेका दर्जनौँ घर तथा संरचना हटाउनुपर्ने माग  गर्दै आएका थिए । ठेकेदारले सडक आसपासमा रहेका बत्तीका पोल, ढल निकास तथा खानेपानीको लाइन पहिला व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए । तर स्थानीयले भने तत्काल पिचको माग गरिरहेका थिए । जसका कारण लामो समयदेखि सडक पिच हुन सकेको थिएन । 

सडक नै अवरुद्ध गरेर आन्दोलन गर्दा पनि माग सुनुवाई नभएपछि स्थानीयबासी मंगलबार चाकुपाटस्थित सडक विभागको कार्यालयमा जुलुस लिएर पुगेका थिए । 

उनीहरुले सडक विभागमा ‘धुँवाधुलो अति भो, ठेक्का भको कति भो ?’ भन्दै नारा लगाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.