वृद्धको हत्या गरेको भन्दै पाँच प्रहरीविरुद्ध मुद्दा

वृद्धको हत्या गरेको भन्दै पाँच प्रहरीविरुद्ध मुद्दा

बैतडी : बैतडीको पाटनमा एक वृद्धको मृत्युको घटनामा प्रहरीमाथि नै आरोप लागेको छ ।

पाटन नगरपालिका–६ लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका आफन्तले आरोप लगाएका हुन् । बैशाख ३० गते राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।

पन्तले हँसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते समेत भएकी छिन् । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका हुन् ।

लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप लगाइएको हो । घटनापछि कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त मुद्दा अदालतमा पेश गरिने प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन् । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.