विराटनगरका व्यापारीसँग नेपाल र भारतको परिचयपत्र !

विराटनगरका व्यापारीसँग नेपाल र भारतको परिचयपत्र !

विराटनगर : विराटनगरमा व्यापार गर्दै आएका एक व्यवसायीको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई पक्राउ गरिएको छ ।

उनको साथबाट दुबै परिचयपत्र बरामद पनि गरियो । दुबै परिचयपत्रमा उल्लेख भएको ठेगानाको आधारमा उनको साथमा दोहोरो नागरिकता समेत रहेको बुझिने प्रहरीले बताएको छ ।

विराटनगर महानगरपालिका–१४ मा बस्दैआएका व्यापारी ३६ वर्षीय विमलेशकुमार साहको साथमा नेपाली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र भारतीय आधार कार्ड भेटिएको हो ।

सवारी चेकजाँचको क्रममा भेटिएको लाइसेन्स र भारतमा बनेको आधार कार्ड दुबै प्रहरीले बरामद गरेको छ । विराटनगरमा खाद्यान्न व्यापार गर्दै आएका उनलाई प्रहरीले मंगलबार राति ९ बजे विराटनगर–३ खार्जीबाट पक्राउ गरेको हो ।

साह चढेको को २६ प ३१६७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच र खातलासी गर्ने क्रममा प्रहरीले पर्सभित्र आधारकार्ड पनि भेटेपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार साहको साथबाट २०५६ साल जेठ २६ गते यातायात व्यवस्था कार्यालय इटहरी सुनसरीबाट बनाएको ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमतिपत्र फेला परेको छ ।

२४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परे पनि आधार कार्ड कहिले बनाएको हो भन्ने खुलेको छैन । लाइसेन्समा आफ्नो नाम विमलेशकुमार साह तथा बुवाको नाम मोहन साह र ठेगाना विराटनगर–१४ उल्लेख छ ।

भारतीय आधार कार्डमा उनको नाम विमलेश साह मात्रै उल्लेख छ । आधार कार्डमा ठेगाना मनिकपुर बुर्जा चौक वडा नम्बर ८ रहिकपुर सिलामोहन अररिया बिहार भारत छ ।

लाइसेन्स र आधार कार्ड साथमै भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले नेपाली नागरिकता पनि बनाएको खुलेपछि प्रहरीले नागरिकता पनि बरामद गरेको छ ।

साहले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०५५ साल भदौ १९ गते ३७४७३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

वंशजको आधारमा उनले लिएको नागरिकतामा जिल्ला प्रशासनका तत्कालिन प्रशासकिय अधिकृत गोपालप्रसाद रेग्मीको हस्ताक्षर छ । नेपाली नागरिकता बरामद भएसँगै उनले नेपाल र भारत दुबै देशबाट दोहोरो नागरिकता लिएको खुलेको छ ।

साहले पहिले भारतीय नागरिकता लिएको हो या नेपाली नागरिकता लिएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । उनको ससुराली पनि भारतको बिहारमा रहेको खुलेको छ ।

उनका परिवारका अन्य सदस्यले पनि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पाएिको जानकारी प्रहरीले दिएको छ ।

डिएसपी श्रेष्ठले साह विरुद्ध दोहोरो नागरिकता किर्ते गरेको कसूरमा नागरिकता ऐन २०६३ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु अघि बढाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.