झुण्डिएको अवस्थामा किशोरीको शव फेला

झुण्डिएको अवस्थामा किशोरीको शव फेला

बैतडी : बैतडीको मेलौलीमा एक किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मेलौली नगरपालिका वार्ड नं. ७ बनालीमा १९ वर्षीय किशोरी सावित्री चन्द घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेकी हुन् । 

मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीमा कक्षा १२ अध्ययनरत छात्राको मृत्युको कारण खुल्न नसके पनि एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको कोठामा खानतलासी गर्दा सोही ठाउँका प्रशान्त क्षेत्रीको नागरिकता, फोटो फेला परेकाले अनुसन्धानका लागि क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए  । किशोरीको सिरानीमा १० हजार नगद समेत फेला परेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.