साताका सिनेमा : जात्रैजात्रा भर्सेस वीरविक्रम–२

साताका सिनेमा : जात्रैजात्रा भर्सेस वीरविक्रम–२

वर्षकै प्रतीक्षित चलचित्र ‘जात्रैजात्रा’ र मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम–२’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएका छन्। बुधबारदेखि नै बुकिङ खुला गरिएको ‘जात्रैजात्रा’ले सबैजसो मल्टिप्लेक्समा उच्च सो पाएको छ। जय नेपालमा चार, सिभिलमा चार, कुमारीमा चार र छाया सेन्टरमा यो चलचित्रले तीन सो पाएको छ। यस्तै ललितपुरमा रहेको लबिम मलमा चलचित्रले चार सो पाएको छ।

क्यूएफएक्स चेनको पाँच पर्दामा मात्र चलचित्रलाई १९ सोज दिइएको छ। यस्तै चितवनको जलमा हलमा तीन सो, पोखराको सिनेप्लेक्समा चलचित्रले चार सो पाएको छ। काठमाडौंको बिग मुभिजले यो चलचित्रलाई चार सो दिएको छ। चलचित्रका निर्देशक प्रदीप भट्टराई दर्शकको वर्ड अफ माउथ चलचित्रका लागि सुखद हुने बताउँछन्।

विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहेको चलचित्रले पैसा र सुनको कथा उठाएको छ। यो फिल्म अघिल्लो सफल चलचित्र जात्राको सिक्वेल हो।

यस्तै अर्को चलचित्र ‘वीरविक्रम–२’लाई क्यूएफएक्स चेनले राजधानीका पाँच स्टेसनमा १२ सोज प्रदान गरेको छ। अन्य मल्टिप्लेक्सले पनि फिल्मलाई राम्रो सोज दिएका छन्। यस वर्षको ठूलो भिडन्तका रूपमा ‘जात्रैजात्रा’ र ‘वीरविक्रम २’लाई हेरिएको छ। यो फिल्म वीरविक्रमको सिरिज हो।

मित्रता र प्रेमको कथा भन्ने चलचित्रमा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन र बुद्धि तामाङका अलावा देशभक्त खनाल, मनोज केसी, विनिशा भण्डारी, क्षितिज सुवेदी, बालकलाकार मनीष लिम्बू, कृजन गौतमलगायतका कलाकारको अभिनय छ।

चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बू र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डीओपी, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.