विधेयकविरुद्ध सिन्धुलीमा पनि पत्रकारको धर्ना
सिन्धुली : सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विषयलाई लिएर सिन्धुलीका पत्रकारले विरोध जनाएका छन्। जिल्लामा क्रियाशिल पत्रकारले शुक्रबार मध्यान्न १२ बजेदेखि दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर विरोध जनाएका हुन्।
सरकारले ल्याएको विधेयक प्रेस स्वतन्त्रताको खिलाफमा रहेको भन्दै देशैभरका पत्रकारले विरोध जनाउँदै आएका छन्। स्वतन्त्र प्रेसको माग गर्दै आफ्ना उपकरणसहित धर्नामा उत्रेका पत्रकारले हातमा कालो पट्टी बाँधेर विरोध गरेका हुन्।
पत्रकारको प्रदर्शनमा 'मिडिया काउन्सिल विधेयक खारेज गर, 'प्रेस स्वतन्त्रता कायम गर,लगायत नारा लेखिएका ब्यानर देखाइएको छ। धर्नामो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए।