बैतडीमा बृद्धकाे शव भेटियाे
बैतडी : बैतडीको पाटन नगरपालिका–१० स्थित हतासमा एक जना वृद्ध मृत फेला परेका छन्। ७६ बर्षीय परमानन्द भट्टको शव शनिबार बिहान भेटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए।
घरभन्दा करिब ५ सय मिटर पर उनको शव फेला परेको उनले बताए। यही जेठ २ गते पाटनकै खोड्पे बजार जान्छु भनेर घरबाट हिडेका भट्ट मृत अवस्थामा फेला परेका हुन्।
भट्ट मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा प्रहरीले मुचुल्का बनाई शव पोष्र्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा पठाईएको प्रहरी निरीक्षक बोगटीले बताए।
शव नजिकै विषादीको सिसी पनि भेटिएकोले बिष सेवन गरेर मृत्यु भएको अनुमान गरिएको प्र्रहरीले जनाएको छ। घट्नाबारे थप अनुसंन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !
४