अबको वर्ष देश विकासले गति लिन्छ : प्रचण्ड

अबको वर्ष देश विकासले गति लिन्छ : प्रचण्ड

नुवाकोट : नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको वर्ष देश विकासले गति लिने बताएका छन्। 

नुवाकोटको ककनीको रानीपौवा बजारमा आयोजित पोस्टबहादुर बोगटी स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले अब देशमा सरकार र प्रतिपक्ष सबै मिलेर विकासको युग सुरु गर्नुपर्ने उनको भनाइ छ।

देश विकासका लागि दुई तिहाइको सरकारले योजना बनाएको प्रचण्डको भनाइ छ। ‘दुई तिहाइको सरकारले जुन रफ्तारमा काम गर्नु पर्ने थियो त्यो हुन सकेको छैन। तर, सरकार योजनाका साथ अगाडि बढेको छ’, प्रचण्डले भने। 

उनले तीन तहको सरकारले जनताको समृद्धिका लागि काम गरिरहेको दाबी गरे। प्रचण्डले भने, ’पहिलो वर्षलाई आधार वर्षको रुपमा लियौँ’, उनले भने, ‘ सरकार अहिले दोश्रो वर्षमा प्रवेश गरिरहेको छ।’

प्रचण्डले अब कृषिलाई उद्योगको रुपमा लगानी बढाउने बताए। ‘६५ प्रतिशत खाद्यान्न आयातलाई घटाउन सकेमा देशमै कृषिबाट परिवर्तन गर्न सकिन्छ’, उनले भने। 

नेपालको परिवर्तन र आर्थिक समृद्धिको लागि कृषि क्षेत्रमै सम्भावना खोज्नु पर्ने उनको भनाइ छ। कृषि क्रान्तिबाट नै आथिक समृद्धि सम्भव भएकाले कृषिमा युवापुस्तालाई आकर्षित गर्न कार्यक्रमको खाँचो रहेको उनको भनाइ छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.