चितवनमा विद्युत् महसुल नतिर्ने ३६८ ग्राहकको बिजुली काटियो

चितवनमा विद्युत् महसुल नतिर्ने ३६८ ग्राहकको बिजुली काटियो
सुन्नुहोस्

भरतपुर : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ जना ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो।

कार्यालयका प्रमुख रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो। यस अवधिमा एक हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन्। उनीहरूबाट दुई करोड ८२ लाख २१ हजार ९१६ राजस्व संकलन भएको छ।

प्रमुख श्रेष्ठका अनुसार एक हजार ६६८ जना ग्राहकबाट ४ करोड १३ लाख ९५ हजार ५६७ बक्यौता उठाउन बाँकी थियो। वितरण केन्द्रले पुस मसान्तसम्म २८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ।

उनीहरूबाट एक करोड पाँच लाख ४६ हजार १८८ बक्यौता उठाउन बाँकी छ। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, 'नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।' भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्। यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.