मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार वृद्ध पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-४ बेतनामा शनिबार दिउँसो १:१५ बजेतिर दुर्घटना भएको हो। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १-०२-०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी-४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए। 

उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका-२ का २५ वर्षीय सुमन कटुवाल र पछाडि सवार ३२ वर्षीय सञ्जय पासवान घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.