हलिउड सेलिब्रिटीको नानी प्रदर्शन

हलिउड सेलिब्रिटीको नानी प्रदर्शन

हलिउड : संसारभरका सेलिब्रिटी अचेल आफ्ना कलिला नानी साथमा लिएर हिँड्न थालेका छन् । आफ्ना बच्चालाई मिडियामा ल्याउन नचाहने सेलिब्रिटी पनि लामो समयसम्म मिडियाबाट बचेर हिँड्न भने सकेका छैनन् । आफ्नो प्रेग्नेन्सी लुकाउने सेलिब्रिटी पनि शिशुको जन्मपछि सोसल मिडियामा छाउन थालेका छन् ।

इवा लोगोरिया निकै खुसी थिइन् जब उनी फ्रान्सको दक्षिणी समुद्री तटमा आफ्नो बच्चाको साथमा खेलिरहेकी थिइन् । ४४ वर्षीया लोगारिया टल्कने पेटी र पहेँलो रङको लुगामा निकै राम्री देखिएकी थिइन् । काखको बच्चाले उनको कपाल चलाइरहेको दृश्य निकै प्यारो देखिन्थ्यो । इवाले बच्चा जन्मिएपछि कार्बोहाइड्रेट, चिनी र धूमपान, मद्यपान गर्न छोडिदिएकी छन् । बच्चाको जन्मपछि मोटाएकी इवा अहिले फिट भएकी छन् । बच्चा जन्मेपछि आफ्नो ऊर्जा थपिएको उनले मिडियालाई बताउँदै आएकी छन् । बच्चा जन्मनुभन्दा पहिले जिममा अधिक समय खर्चने इवा हाल जिम खासै जान्नन् । उनी आफ्नो सन्तानलाई समय दिन चाहन्छिन् ।

प्रिन्स ह्यारी र उनकी पत्नी मेगहन मार्केल पहिलो पटक मदर्स डेको दिन आफ्नो नवजात शिशुको साथमा मिडियामा देखिएका थिए । मे ६ मा जन्मिएको छोरा आर्चिलाई हातमा लिँदै प्रिन्स ह्यारी र मार्केलले खुसी साटेका थिए । आर्चि दोस्रो पटक मिडियामा देखिएका थिए ।

काइली जेनरले आफ्नो बच्चा स्टार्मीलाई सन् २०१८ मा जन्म दिएकी थिइन् । बच्चा जन्मिएको केही महिनासम्म त उनी मिडियामा देखिइनन् । बच्चालाई पनि मिडियाबाट लुकाएर राखिन् । अहिले उनी आफ्नो बच्चा लिएर हिँड्न खुब रमाइलो मान्छिन् । जेनर आफ्नो बच्चाको तस्बिर बेलाबेलामा खिचेर राख्छिन् र त्यो मिडियामा आउँछ ।

किम पनि बच्चाकी आमा हुन् । टीभीमा आउने रियालिटी सोमा लगातार देखिने किमको जीवनशैली दर्शकले नजिकबाट नियाल्न पाएका छन् । उनलाई कयौं पटक बच्चाको साथमा क्याप्चर गरिएको छ । किमका साथै कोर्टन र क्लो कार्डिसन पनि आफ्नो बच्चाको साथमा प्रायः घुमफिर गर्न निस्कने गर्छन् ।

३४ वर्षीय बास्केटबल खेलाडी लिबोर्न जेम्स पनि इन्स्टाग्राममा प्रायः आफ्नी छोरी जुरीको साथमा देखिन्छन् । जुरी प्रायः मिडियामा आउँदिनन् र जेम्सलाई आफ्नी छोरीको साथमा देखिन खुब मन पर्छ । हलिउड स्टार रियान गोस्लिनले कयौं दिनसम्म आफू बुवा बन्न लागेको कुरा लुकाएर राखेका थिए । पछि छोरी जन्माएपछि उनी मिडियामा आफ्नो सन्तान देखाउन आतुर भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.