विरोधको अनौठो शैली : सडकमै किन रोए पत्रकार ?

विरोधको अनौठो शैली : सडकमै किन रोए पत्रकार ?

विराटनगर : सदा झैं मोरङ जिल्ला प्रशासन अघि सेवाग्राहीको आवातजावत चलिरहेको थियो। कार्यालय खुलेको केही समय मात्र भएको थियो। विभिन्न फाँटमा लामबद्ध भएका सर्वसाधारण विभागीय प्रमुख आउलान् र सेवा लिएरै चाँडै घर फर्किउँला भनेर कुरिरहेका थिए। 

जब कार्यालयको गेट बाहिर एक्‍कासी मानिसको एक हुल चिच्याउँदै रोएको ठूलो आवाज आयो। सबैजना आत्तिए। कालो ब्यानार लिएर जिल्ला प्रशासन अघिल्ति उभिएका ति व्यक्ति अरु कोही नभएर पत्रकार थिए।

प्रदेश १ को राजधानी विराटनगरमा आइतबार पत्रकारहरूले रोएको अभिनय गर्दै सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरे। प्रेस युनियन मोरङको अग्रसरतामा भएको यो अनौठो विरोध शैली पत्रकारले किन अपनाए ? 

प्रेस युनियन मोरङका सभापति कुमार लुइँटेलको भनाइमा यदि संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित भएमा पत्रकारले रुँदै हिँड्नुपर्ने अवस्था आउन सक्ने भएकोले यसखालको शैलीमा विधेयकको विरोध गरिएको हो।

'जरिबाना र कैदका सन्दर्भमा विधेयकमा जेजस्ता व्यवस्थाहरू राखिएको छ, त्यो लागू भएमा पत्रकार रुँदै हिँड्नुपर्ने अवस्था आउँछ, पैसा लिएरै हिँड्नुपर्ने अवस्था आउँछ भनेर हाम्रो आवाज सरकारलाई सुनाएको हो', उनले भने, 'समाजका विकृति र कुरीति उजागर गर्ने पत्रकारले डराएर काम गर्नुपर्ने अवस्था राम्रो होइन भनेर सरकारलाई सुनाउन रुनै पर्ने स्थिति आएको हो।'

कसरी आयो आइडिया ?

विरोधका लागि रुने आइडिया गत शुक्रबारको एक अनौपचारिक बैठकमा आएको लुइँटेल बताउँछन्। प्रस्ताव गरेका थिए प्रेस युनिनयका पूर्व जिल्ला सभापति मिनकुमार नवोधितले। 'छलफलका क्रममा सिठी जुलुस गर्ने कि भनेर पनि प्रस्ताव आयो, अरु पनि आइडियाहरू आए तर अन्तिममा नवोधितले ल्याएको शैलीमा सहमत भइयो', लुइँटेलले भने।

विरोधका लागि घण्टी जुलुश गर्ने, कवितात्मक विरोध गर्ने लगायतका प्रस्ताव पनि आएका थिए। तर अन्तिममा रुने शैलीमा नै सबैले सही थापे। 

हेर्नुस् भिडियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.