परिवारले बुझे बालकको शव

परिवारले बुझे बालकको शव

धादिङ : बाटो निर्माण गर्दा खोलाबाट ग्राभेल निकालिएको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि उत्पन्न भएको तनाव साम्य भएको छ। 

बालकलाई गाउँपालिकाको तर्फबाट १० लाख क्षतिपुर्ति दिने र परिवारलाई रोजगारीको लागि समन्वय गर्ने बेनिघाट रोराङ गाउँपालिकाको प्रतिवद्धतापछि मृतक बालकका आफन्तले शव बुझेका हुन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिका २ स्थित ताल्तीमा निर्माण हुँदै गरेको ह्वासिङ नारायणी सिमेन्ट उद्योगमा जाने बाटो निर्माण गर्न मलेखुखोलाबाट ग्राभेल निकाल्दा खोलामा बनेको खाल्डो बनेको थियो। 

खाल्डोमा शनिबार पौडी खेल्न गएका तीनजना मध्ये गजुरी गाउँपालिका २ घर भएका ८ वर्षीय केदार गिरीको मृत्यु भएको थियो।

यसअघि पनि खोलाबाट गिटी निकालेर बाटो बनाइएको भनेर बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका स्थानीयबीच पटकपटक विवाद उत्पन्न हुँदै आएको थियो। खोला कटान गरी सडक निर्माण गरेको आरोप लागिरहेको सो क्षेत्रमा बालकको मृत्यु भएपछि स्थानियबासी तथा परिवारका सदस्य आक्रोशित बनेका थिए। 

पीडित पक्ष, स्थानीयबासी, सिमेन्ट उद्योगका प्रतिनिधि, गाउँपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो।  

घटनास्थलमा पुगेका बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पीत्तबहादुर डल्लाकोटीलाई गजुरीका स्थानीयले हातपातको प्रयाससमेत गरेका थिए। यस अघि सिमेन्ट उद्योगले निजी स्रोेत प्रयोग गरेर बाटो बनाउने सहमति गरेको भए पनि खोलाबाट अवैध उत्खन्न गरेकाले घटना निम्त्याइएको आक्रोशित समूहले आरोप लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.