एटीएममा नेपाली भाषा अनिवार्य
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एटीएममा नेपाली भाषा प्रयोग गर्नुपर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अटोमेटिक टेलर मेसिन (एटीएम) मा नेपाली भाषा प्रयोग नगरे कारवाही हुनेछ।
कतिपय बैंक तथा वित्तीय संस्थाले एटीएममा नेपाली भाषा प्रयोग गरेका छैनन्। एटीएममा अनिवार्य भाषा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै तीन दिनभित्र एटीएममा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाउन बैंकलाई निर्देशन दिएको हो।
भुक्तानी तथा फर्स्योट ऐन, २०७५ तथा भुक्तानी तथा फस्र्योट विनियमावली, २०७२ (दोस्रो संशोधन, २०७४ दिएको अधिकार प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। उक्त अवधिभित्र एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाइए कारबाही हुने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।