पाँचथरमा एकै परिवारका ९ जनाको हत्या

पाँचथरमा एकै परिवारका ९ जनाको हत्या

फिदिम : पाँचथरको मिक्लाजुङमा गए राति एकै परिवारका ९ जनाको हत्या भएको छ।  मिक्लाजुङ गाउँपालिका ३ आरुबोटमा बमकुमार फियाक (लिम्बु) र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिए। 

प्रहरी निरीक्षक पौडेलकाअनुसार मारिनेमा फियाक परिवारका अन्दाजी ७५ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती अन्दाजी ७५ वर्षीया पुर्सिमाया फियाक, छोरी ३५ वर्षीया मनकुमारी फियाक, बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक रहेका छन्। 

सँगै उनका ज्वाइँ धनराज शेर्माको परिवारका पाँच जनाको हत्या भएको छ। हत्या हुनेमा अनुमानित ३४ वर्षीया धनराज शेर्मा, श्रीमती ३५ वर्षीया जस्मिता फियाक, छोरी १२ वर्षीया युहाना शेर्मा,  छोरी १० वर्षीया मुना शेर्मा, छोरी ८ वर्षीया इच्छा शेर्मा  छन्। प्रहरीका अनुसार अन्दाजी १६ वर्षीया सीता खजुम भाग्न सफल भएकी छन्। उनलाई प्रहरीले घाइते अवस्थामा भेटेको छ। 

मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको सीताले बताएको प्रहरीले जानकारी दिएको छ। उनी गम्भीर घाइते छिन् । 

घटनामा बमबहादुर फियाकका र ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको हत्या भएको हो। बिहानै घटनास्थलमा पुगेको प्रहरीले धनराजको परिवारका सदस्यको शव घरभित्रै तथा बमबहादुरको परिवारका सदस्यको शव घरभित्र  र बाहिर विभत्स अवस्था भेटिएको  वडाध्यक्ष हस्तराज फियाकले बताए। 

राति घटना घटेपनि स्थानीयले बिहान मात्रै थाहा पाएका थिए।  घट्नास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको थियो भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली ढिलामात्र पुगेको थियो।

घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.