जनप्रतिनिधि नै कर्मचारी

जनप्रतिनिधि नै कर्मचारी

बैतडी : बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरत नेगी जनप्रतिनिधि हुन्। तर उनको भूमिका त्यतिमा मात्र सीमित छैन। उनले वडा कार्यालयमा बसेर कर्मचारीको समेत काम गर्दै आएका छन्। वडासचिव नहुँदा कर्मचारीको कामसमेत गरे पनि हस्ताक्षर गर्दैनन्। कागजपत्रमा कर्मचारीकै हस्ताक्षर हुनुपर्ने भएकाले उनलाई समस्या हुने गरेको छ। ‘जनप्रतिनिधि चुनिएको २ वर्ष भइसक्यो। अझै कर्मचारी छैनन्’, उनले भने ।

जिल्लाको सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्द आफ्नै कार्यकक्षमा भेटिए। उनको वडामा पनि सचिव छैनन्। पालो मिलाएर अरू वडाका सचिवलाई काम लगाउनु परेको उनले बताए। ‘एकजना सचिवले दुई भन्दा बढी वडाको काम गर्नु परेको छ’, उनले भने, ‘वडामा योजनाको काम हुन्छ। पञ्जीकरणको काम हुन्छ। सबैमा सचिवकै हस्ताक्षर चाहिन्छ। सचिव नहुँदा समस्या भइरहेको छ।’

जिल्लाको दुर्गममा रहेको सिगास गाउँपालिकामा झनै ठूलो समस्या छ। त्यहाँका कुनै पनि वडामा सचिव छैनन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी सचिव नहुँदा निकै समस्या भएको बताउँछन्। ‘कर्मचारी समायोजनपछि झन् समस्या भएको छ, वडामा सचिव नहुँदा सेवाग्राहीले गाउँपालिका केन्द्र धाउनु परेको छ’, उनले भने, ‘सिंहदरबारको अधिकार गाउँमा आएको भनिएको छ तर नागरिकले त्यसको अनुभुति गर्न पाएका छैनन् ।’

मेलौलीका स्थानीय केशवसिंह भाटले भने, ‘नगरपालिकामा गए कर्मचारी भेटिदैनन्। संघीयताको मर्मअनुसार जनताले सहज सुविधा पाउन सकेका छैनन्। यसमा सरकारको ध्यान गएको देखिँदैन ।’ सचिव नहुँदा वडा कार्यालयले दिने सेवा पाउनै मुश्किल भएको मेलौली–१ का लक्ष्मण पार्कीले बताए। उनले भने, ‘वडामा जनप्रतिनिधि आएको २ वर्ष भइसकेको छ। तर कर्मचारी छैनन्, आएका पनि महिना दिनमै सरुवा भएर जान्छन् ।’

सिगास गाउँपालिकाका कुनै वडामा सचिव छैनन् ।

जिल्लाका ८४ मध्ये ४२ वडामा सचिव नभएको ती स्थानीय तहको तथ्यांकले देखाएको छ। कर्मचारीको मात्र होइन स्थानीय तहमा कार्यालय सञ्चालनको समस्या पनि उस्तै छ। बैतडीकै मेलौली गाउँपालिकाको वडा नम्बर ३ ले अहिलेसम्म कार्यालयबाट काम थाल्न सकेको छैन। वडा नम्बर २ को कार्यालयबाट दैनिक काम गर्नु परिरहेको वडा नम्बर ३ का अध्यक्ष रघुवीर भाटले बताए ।

‘चुनावताका समयमा नै सेवा दिने प्रतिबद्वता गरियो’, उनले भने, ‘अहिलेसम्म आफ्नै कार्यालय छैन, जनतालाई कसरी सहज सेवा दिने ? ’ दुवै वडाको काम एकै सचिवलाई जिम्मा दिइएको उनी बताउँछन्। त्यहाँ पनि प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम गर्नुपर्ने बाध्यता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.