एकैघरका तीनजनाको जलेर मृत्यु

एकैघरका तीनजनाको जलेर मृत्यु

बैतडी : बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । उनले भने ‘बसपार्क छेउमै रहेको टहरामा आगलागि हुँदा प्रहरी र स्थानीय पुगेका थिए। तर आगो सल्किसकेकाले बचाउन सकिएन। लाश मात्रै बाहिर निकाल्न सकियो।’

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। ७ वर्ष यता पुर्चौडीको हाट आसपासमा मजदुरी र मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार पछिल्लो समय बसपार्कमा टहरो बनाएर बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.