रुकुममा ट्याक्टर दुर्घटना : दुईको मृत्यु
![रुकुममा ट्याक्टर दुर्घटना : दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident-photo_20190523155136_Yc8JyhAxtE.jpg)
रुकुमपूर्व : जिल्लाको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा एक गम्भीर घाइते छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार मृत्यु हुनेमा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोराको घटनास्थालमै र रुकुम पश्चिम त्रिवेणी ५ का लक्ष्मण ओलीको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो।
घाइते हुनेमा पुथाउत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइली रहेका छन्। रसाइलीको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइराखेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)