सिन्धुलीमा विप्लवका दुई कार्यकर्ता पक्राउ
सिन्धुली : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको दुई कार्यकर्तालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर घर भएका तीर्थ राई र सर्लाहीको हरिवन घर भएका पवन महतो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
पक्राउ पर्ने दुवै नेकपाको प्रदेश सदस्य रहेको नायव उपरीक्षक थापाको बताएका छन् ।
राई र महतोलाई विशेष सुराकीका आधारमा शुक्रबार साँझ सिन्धुलीमाढीबाट पक्राउ गरिएको उनले जनाए ।