वृद्धभत्ता लिन दुई दिन

वृद्धभत्ता लिन दुई दिन

मकवानपुर : सरकारले सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको खातामै हालिदिने नीति लिएपछि वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता लिन बैंकमै धाउनुपर्ने भएको छ। सदरमुकाम हेटौंडामा बैंक खाता खोलेर वृद्धभत्ता लिन हेटौंडा झरेकी वैकुण्ठकी ८० वर्षीया सीता थिङलाई फर्कन २ दिन लाग्यो। थिङजस्ता धेरै वृद्धवृद्धा सदरमुकाम वृद्धभत्ता लिन आउन सक्दैनन्।

गाउँपालिकाको पहलमा कालिकाटारमा सानिमा बैंकको शाखा खुलेको छ। ‘गाउँपालिकाको केन्द्र आउन वृद्धवृद्धालाई दुई दिनसम्म हिँड्नुपर्ने भएपछि गाउँपालिकाले प्रत्येक वडामा पुगेर वृद्धभत्ता बाँड्ने निर्णय गर्‍यो’, गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘तर भौगलिक विकटताले गर्दा प्रत्येक वडामा वृद्धभत्ता बाँड्न टोली खटाउँदा पनि वृद्धवृद्धाले दिनभर हिँड्नुपर्ने बाध्यता छ।’

वृद्धभत्ता लिन आएकी कैलाश गाउँपालिका–१ केउरेनीकी ९३ वर्षीया सानीमाया मोक्तानको वृद्धभत्ता लिन खोलाखर्क आउने क्रममा बारीको कान्लाबाट लडेर हात मर्कियो। राम्ररी आँखा नदेख्ने उनले दुखेसो पोख्दै भनिन्, ‘आँखा पनि राम्ररी देख्दिनँ, केही पैसा भयो भने पनि औषधि खान पुग्छ तर सरकारले पैसा लिन धेरै दुःख दियो।’

वृद्धभत्ता लिन पालो कुर्दै वृद्धवृद्धा।

गाउँपालिकाको केन्द्रमा बैंक खोले पनि भौगोलिक विकटताका कारण वृद्धभत्ता लिन बैंकमा वृद्धवृद्धा आउन नसकेपछि गाउँपालिकाले १० मध्ये नौ वटा वडामा घुम्ती शिविरमार्फत भत्ता वितरण गरेको हो। ‘हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने करिब १८ सय जना छन् तर बैंकमा आएर भत्ता लिने १० प्रतिशतजति पनि पुगेन’, गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले भनिन्, ‘सरकारी निर्णय नमान्ने कुरा भएन तर हाम्रोजस्तो भूगोल भएको ठाउँका बुढापाकाले बैंकमा पुगेर भत्ता लिन सम्भव छैन।’

कैलाश गाउँपालिकामा सानिमा विकास बैंकले प्रत्येक चौमासिकमा एक करोड नौ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता बाँड्ने गरेको बैंकका शाखा प्रबन्धक सुदीपविक्रम शाहले बताए। ‘बैंकमा वृद्धभत्ता लिन धेरै बूढापाका आउन सक्दैनन्, त्यसैले गाउँ–गाउँमा पैसा बोकेर हिँड्नुपर्ने बाध्यता छ’, उनले भने, ‘गाउँमा पनि प्रत्येकको घरमा पुग्न सम्भव छैन, एक ठाउँमा भेला गराएर बाँड्न पनि मुस्किल छ।’


                                       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.