पहिचान नभएको शवको अन्त्येष्टी

पहिचान नभएको शवको अन्त्येष्टी

विराटनगर : विराटनगर भन्सार कार्यालय नजिकै फेला परेको एक पुरुषको शवको पहिचान नभइकन सोमबार अन्त्येष्टी गरिएको छ। विराटनगर महानगरपालिका-१७ स्थित भन्सार कार्यालय छेउमा यही जेठ ९ गते बिहीबार अन्दाजी ४०÷४५ वर्ष जतिका देखिने पुरुषको शव फेला परेको थियो।

शव कोसी अस्पतालमा ल्याएर राखिएको थियो। शव भेटिएको चार दिनसम्म पनि पहिचान नखुलेपछि पोस्टमार्टम गरेर महानगरपालिकासँग समन्वय गर्दै अन्त्येष्टी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

प्रहरीले बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान नभएको भन्दै व्यवस्थापनका लागि भनेर विराटनगर महानगरपालिकालाई पत्र लेखेको थियो। चार दिनसम्म पहिचान नहुँदा पोस्टमार्टम गरिएको शव गन्हाएर दुर्गन्ध फैलिन थालेपछि अन्त्येष्टी गर्नु परेको श्रेष्ठको भनाइ छ । महानगरले सिंघीया घाटमा शवको दाहसंस्कार गरेको छ।

मृत भेटिएका पुरुष भन्सार कार्यालय आसपासमा डुल्दै हिंड्ने र अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीय बासिन्दाले बताए पनि ती पुरुष को हुन् भन्ने बारेमा नखुलेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.