दुर्घटनामा दुई युवकको मृत्यु

दुर्घटनामा दुई युवकको मृत्यु

राजविराज : तीब्र गतिमा गुडेका बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सोमबार साँझ दुई युवकको मृत्यु भएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका ६ देवधारस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.५ ख ४६९२ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको स.९प ६१८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।

दुर्घटनामा गम्भिर घाईते दुबै जनाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साँझ मृत्यु भएको एसपी्र विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.