विप्लव कार्यकर्ताको कुटपिटबाट एक दम्पती गम्भीर घाइते

विप्लव कार्यकर्ताको कुटपिटबाट एक दम्पती गम्भीर घाइते

सिन्धुली : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको कुटाइबाट सिन्धुलीमा एक दम्पती सख्त घाइते भएका छन्। १५ जना बढीको सहमूहमा आएका विप्लव कार्यकर्ताको कुटपीटबाट हरिहरपुरगढी गाउँपालिका-७ क्यानखोला निवासी ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनको ३० वर्षीय श्रीमती गांगा सापकोटा गम्भीर घाइते भएका हुन्। 

उनीहरुलाई विप्लवको बन्दका दिन सोमबार साँझ हरिहरपुरगढी गाउँपालिकाको कार्यालय झनझनेबाट योजनाको काम सकेर घर फर्कदै गर्दा- २ को जखौली चुरेमा मार्ने उद्देश्यले कुटपिट भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो। घिमिरे दम्पती गत मंसिर २० गते विप्लव समूह छाडेर नेकपामा प्रवेश गरेका थिए।

उनले विप्लव समूहको जनकपुर व्यूरो सदस्य, सिन्धुली जिल्लाको सेक्रेटरीबाट महोत्तरी सरुवा भई केही समय काम गरेपनि विप्लवका हिंसात्मक गतिविधि मन नपरेपछि उक्त पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए।

कुटपीटबाट घिमिरेको देव्रेहात र सापकोटाको दाइने हात भाँचिका छन् भने शरीरभरी गम्भीर चोट लागेको छ।घटनाबारे गाउँपालिकाका अध्यक्ष कार्साङ लामाबाट जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट गएको   प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

'गाउँपालिकाबाट मोटर साइकलमा घर फर्कदै गरेका घिमिरे दम्पतीलाई चुरे जंगलमा मोटरसाइकल रोकी कुटपिट गरी चुरेबाट ढुंगा लडाएर मार्ने प्रयास गरेको पाइएको छ,' घाइतेलाई उदृध गर्दै थापाले भने।

विप्लव कार्यकर्ताले कुट्न थालेपछि उनीहरु भागेका थिए।तर, विप्लवका कार्यकर्ताले लखेट्दै गएर कुटपिट गरेपछि उनीहरुलाई गम्भीर घाइते अवस्थामा स्थानीयले बचाउन सफल भएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे विस्तृत खुल्न सकेको छैन्। घट्नामा संलग्नलाई मकावनपुर र सिन्धुलीका सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर अप्रेसन थालिएको पनि थापाले जानकारी दिए।

लुटपाट गर्नेलाई पक्राउ गरी अनुसन्धान थालियो

सस्तो मुल्यमा डलर साटिदिने भन्दै लुटपाट गर्ने ३ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।लुटपाट तथा डकैत गरेको अभियोगमा प्रहरीले दुधकौसीका गाउँपालिका- ६ बाह्रविसे सिन्धुपाल्चोकका वर्ष ३३ का सागर गहतराज, सोही गाउँपालिका वडा नम्बर ५ का वर्ष ४० का रामबहादुर तामाङ र वडा नम्बर २ का वर्ष ५४ का जीतबहादुर तामाङलाई पक्राउ गरेको हो।

उनीहरुले २५ हजार रुपैयाँ डलर भएको र सस्तोमा नेपाली पैंसासँग साटिदिने भन्दै बागचौर नगरपालिका- ९ सल्यान घरभई दाङको तुलसीपुरमा बस्ने सान्तोष डाँगीलाई सिन्धुलीको खुर्कोटमा बोलाई १ लाख पचास हजार रुपैयाँ र उनका एक साथीको साथमा रहेको मोबाइल सेट समेत लुटी भागेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ। 

उनीहरुलाई डलर साटीदिने भन्दै बोलाएरपछि सबै पैसा नदिए मारेर फालीदिने डरत्रास देखाएर डकैत गरेको बताइएको छ ।घटनालगत्तै पीडितले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गढीले डकैतमा संलग्न तीनैजनालाई सोबार साँझ नियन्त्रणमा लिएको थियो। 

प्रहरीले उनीहरुका साथबाट लुटिएको १ लाख पचास हजार, पाँचवटा मोबाइल, दुईवटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।उनीहरुमाथि जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.