वडा कार्यालयबाट सामान चोरी गर्ने एकजना पक्राउ
राजविराज : वडा कार्यालयमा चोरी गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ का २२ वर्षीय बुधन यादव पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पातोले डाकनेश्वरी नगरपालिका वडा नम्बर ६ को कार्यालयबाट दुई थान मोबाइल, एक थान ल्यापटप, एक थान एलइडी र शान्ति सुरक्षा भरपाइ पुस्तिका चोरी गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जनाएको छ ।
वडा कार्यालयको झ्याल फोरेर कार्यालयमा चोरी गरेको आरोपमा सामान सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान गरी कारवाही गरिने डिएसपी भावेश रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस !