राजधानीका सडकमा नियम : न गुड्नेले मान्छन्, न हिँड्नेले (फोटो फिचर)

राजधानीका सडकमा नियम : न गुड्नेले मान्छन्, न हिँड्नेले (फोटो फिचर)

काठमाडौं : सडकमा गुड्नेहरूलाई होस् वा हिँड्नेहरूलाई केही नियमहरू छन्। सडक दुर्घटना घटाउन र सवारी आवागमन व्यवस्थित बनाउन तथा पैदल हिँड्नेहरूलाई सजिलो बनाउन सडकमा जेब्रा क्रसिङदेखि ट्राफिक संकेत र विभिन्न नियमहरू बनाइएको हुन्छन्।

तर यी नियम नमान्ने र आफूअनुकूल सडकमा गुड्ने र हिँड्नेको कमी छैन, चाहे जानेर होस् वा नजानेर।

तलको फोटो नयाँ बानेश्वरको हो। जेब्रा क्रसिङ यात्रुलाई बाटो कट्न सजिलो होस् र सवारीसाधन रोकिउन् भनेर राखिन्छ। तर यस्तो लाग्छ यहाँ कुनै अर्थ छैन। यात्रु जेब्रा क्रसिङबाट बाटो कट्दै छन्। तर यहाँ न मोटरसाइकल रोकिन्छन् न त अरु गाडी नै। 

बानेश्वरमा मात्र होइन, अति व्यस्त न्युरोडमा पनि यही हाल देखियो।   

जेब्रा क्रसिङ राख्ने पनि ठाउँ हुन्छ। तर कहाँ राख्ने भन्ने यहाँ कसलाई मतलब ? साँघुरो सडकमा भित्तैमा टासिने गरी राखिएको क्रसिङबाट कसरी बाटो कट्ने ? कहाँ उभिएर गाडीलाई पालो दिने। गाडी कहाँ रोक्ने ? कुन ठाउँको फोटो हो भन्नुहोला, यो काठमाडौंको बालुवाटारस्थित एक सडकको हो।

मानिसहरू बाटो कट्दैछन् तर फुत्त यही बीचमा एउटा मोटरसाइकल छिरिसक्यो। यो नयाँ बानेश्वर चोकको दृश्य हो जहाँ बाटो कट्दाको दृश्य हेर्न लायक हुन्छ।

जेब्रा क्रसिङमा लेनको कसलाई के मतलब ? जो जसरी हिँडे पनि वा गुडे पनि भयो। सडकमा यस्तै देखिन्छ।  

बाटो पार गर्न आकाशे पुल बनाइएको छ। यहाँबाट एकछिन समय लिएर बाटो कट्दा एक त दुर्घटना हुने डर पनि नहुने त अर्को कारबाहीमा परिने डर पनि नहुने। तर पैदलयात्रीलाई पनि के मतलब ? जहाँसुकैबाट आफूअनुकूल बाटो कट्ने प्रवृत्ति कहिले बदलिने होला ?

तलका दुई फोटा पनि कम छैनन्। यहाँ जेब्रा क्रसिङ छैन। न त आकाशे पुल नै। यसरी बाटो कट्दा गाडी वा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिने डर पनि कम छैन। धन्न जेनजेत चलेको छ सहरको सवारी।

अन्तिममा आशावादी हुनुस्। र, तपाईँ पनि नियम मान्नुस्। जसरी नियम छन्, त्यसरी नै नियम मान्नेहरू पनि छन्। यी दुई दिदीबहिनी यसरी ढुक्कसँग गफिँदै बाटो कट्दै गरेका भेटिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.