विषादीयुक्त आँप बजारमा छ्यापछ्याप्ती

विषादीयुक्त आँप बजारमा छ्यापछ्याप्ती

वीरगन्ज : वीरगन्जको बजारमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ। नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि वीरगन्जको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको पाइएको छ।

वीरगन्जका साथै पोखरीया, बाराको लकैया, जितपुर, सीमराका बजारमा समेत कर्वाइट हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ। वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदर गुप्ताले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप बजारमा बिक्री भइरहेको बताए।

उनका अनुसार,अहिले वीरगन्ज र यस आसपासाका बजारमा बिक्री भइरहेका आँप,भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन्। भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको गुप्ताले बताए।

जिल्ला कृष ज्ञान केन्द्र पर्साको बागवानी शाखाका प्राविधिक श्याम किशोर कुर्मीका अनुसार नेपालमा आँप भर्खर बतिला बढ्ने क्रममा रहेको भएपनि भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री हुने गरेको छ। कुर्मीले भने, 'नेपालमा उत्पादित आँप जेठ तेस्रो साताबाट मात्र खानयोग्य हुन्छ।'

अहिले बजारमा पाइने आँप, छिटो पकाउन कर्वाइट विषादी प्रयोग गरिएकाले ती आप नखाँदा नै उपयुक्त हुने सुझाव उनको छ।  वीरगन्जको बजारमा अहिले भारतबाट आयातित दशहरी आँप प्रतिकिलो १ सय २० देखि १ सय ५०  रुपैयाँमा बिक्री भइरहेको छ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखलालगायतका रोग देखा पर्ने नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए।

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्वाइट प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ।खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था  छ।

तर भारतबाट व्यापारीले भन्सार तिरेर रसायनयुक्त आँप आयात गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन छ।गत चैत १ गते देखि जेठ १२ गते सम्म भारतबाट वीरगन्ज नाकाहुँदै ४ हजार ६ सय ८६ केजी आँप नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।यस बाहेक भन्सार राजश्व छलेर पनि वीरगन्ज नाकाहुँदै ठूलो परिमाणमा आँप नेपाल भित्रिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.