भैरहवा विमानस्थललाई ३ अर्ब ३४ करोड

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ करोड

भैरहवा : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतम बुद्ध (भैरहवा) अन्तारष्ट्रिय विमानस्थका लागि झण्डै साढे ३ अर्ब बजेट विनियोजन गरिएको छ। विमानस्थल अहिले निर्माणधिन अवस्थामा छ। जसका लागि ३ अर्ब ३४ करोड रुपैयाँ बजेट छुट्टाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए।

अगामी आव ०७६/०७७ बजेट सार्वजनिक गर्दै उनले विमानस्थलको पहिलो चरणको काम सम्पन्न गरी अगामी वर्षदेखि अन्तराष्ट्रिय उडान भर्ने गरी विमानस्थलमा संचालनमा ल्याइने बताए। 

उनले उडान भर्ने विमान कम्पनीसगँ सम्झौता गरीने र हवाई रुट परमिटको लागि छिमेकी मुलुकसगँ सम्झदारी गर्ने बताए।  भैरहवा विमानस्थलमा अवतरण गर्ने र उडान भर्नका लागि भारतको हवाई रुट प्रयोग गर्नुपर्ने हुन्छ। जसका लागि विमानस्थलले भारतबाट अझै हवाई रुटको अनुमति पाएको छैन।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.