मोटरसाइकल चोर जाममा फसेपछि...

मोटरसाइकल चोर जाममा फसेपछि...

विराटनगर : मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ट्राफिक प्रहरी हवल्दार सुरेन्द्रप्रसाद साहले बुधबार दिउँसो मोटरसाइकल पार्किङ गरे। प्रवेशद्धारमै मोटरसाइकल पार्किङ गरेर कार्यालयमा छिरे। काम सकेर लगभग १० मिनेटपछि कार्यालयबाट बाहिर निस्कँदा साहको बा ११ प ५५७८ नम्बरको मोटरसाइकल थिएन।

पार्किङ गरेको ठाउँमा मोटरसाइकल नभएपछि उनी पश्चिमतर्फको बाटो हुँदै गुद्री बजारतर्फ दौडिए। लगभग ५ सय मिटर अगाडि पुगेपछि साहले आफ्नो मोटरसाइकल अर्कै व्यक्तिले चलाउँदै गरेको देखे। मोटरसाइकल चोरेर भागेका व्यक्ति सवारी जाममा फसेकाले त्यहाँ रोकिएका थिए। त्यही बेला साहले स्थानीयको सहयोग लिएर आफ्नो मोटरसाइकल चोरेर भाग्दै गरेका व्यक्तिलाई नियन्त्रणमा लिए। उनी थिए, सुनसरीको दुहरी नगरपालिका–१ का नितेश चौधरी।

लक टुटाएर अर्को चाबी प्रयोग गरी मोटरसाइकल लिएर हिँडेका चौधरीको साथमा भेटिएको उक्त चाबी मोटरसाइकल चोरीमा प्रयोग गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ‘अलि ढिलो थाहा पाएको भए मोटरसाइकल कता पुर्‍याइसक्थ्यो। तर तत्काल थाहा पाएकाले मोटरसाइकल र चोरीमा संलग्नलाई पक्राउ गर्न सकिएको हो’, मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले भने, ‘चोरीमा संलग्न व्यक्ति जाममा फसेकाले मोटरसाइकल गायव बनाउन पाएन। यसबारे अनुसन्धान थालिएको छ।’ मोटरसाइकल चोरेर भाग्दै गरेका व्यक्ति पक्राउ परेकाले मोटरसाइकल चोरीमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.