‘सुर्तीजन्य पदार्थबाट हरेक घण्टा ४ नेपालीको ज्यान जान्छ, उपचारमा ४७ अर्ब खर्च’

‘सुर्तीजन्य पदार्थबाट हरेक घण्टा ४ नेपालीको ज्यान जान्छ, उपचारमा ४७ अर्ब खर्च’

काठमाडौं : नेपालमा करिब ९० लाख अर्थात् ३० प्रतिशत भन्दा धेरै मानिसले धुम्रपान र सुर्तिजन्य पदार्थको सेवन गर्ने तथ्यांक सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित एक अन्तरक्रियामा यस्तो बताइएको हो ।

रिपोर्टस् क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले यस्तो तथ्यांक पेश गरेका थिए । धुम्रपानका कारण मानिसमा स्वास्थ्यसम्बन्धी क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वास जस्ता समस्या देखिने उनले बताएका थिए ।

खड्काका अनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए ।

यस्तै डेन्टलका विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत तथ्यांक रहेको पनि खड्काले बताए । यस्तै, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे । खड्काले नेपालमा ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा थुप्रिएर रहेको तथ्यांक पनि देखाएका थिए ।

यसबाहेक सुर्तिजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारको लागि ४७ अर्ब ३० करोड खर्च भइरहेको खड्काले बताएका छन् । वर्तमान विश्वमा प्रत्येक चार सेकेण्डमा एकजना र वार्षिक ८० लाख मानिसको सुर्तिजन्य सेवनबाट लाग्ने रोगका कारण निधन हुने गरेको र नेपालमा प्रत्येक घण्टा चार जनाको मृत्यु हुने गरेको पनि खड्काले बताए ।

उनका अनुसार नेपालमा वार्षिक २७ हजार १ सय ३७ जनाले सुर्तिजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण गर्नुपरेको छ । सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा खड्काले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.