५ तस्बिरमा हेर्नुहोस् वीरगन्जमा धूलो र हिलोको हैरानी

५ तस्बिरमा हेर्नुहोस् वीरगन्जमा धूलो र हिलोको हैरानी

वीरगन्ज : वीगन्ज महानगरका विभिन्न स्थानमा भूमीगत नाला, डिभाइडर र सडक कालोपत्रेका क्रममा लापरवाही हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।गत डिसेम्बर ९ तारिखदेखि भूमीगत नाला, डिभाइडर र सडक कालोपत्रेको काम भइरहेका स्थानमा ठेकेदारको लापरवाहीका कारण महानगरवासी सास्ती खेप्न बाध्य छन्।

एसियाली विकास बैंक (एडबी) को अनुदानमा संचालत क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत वीगन्ज महानगरका विभिन्न स्थानमा भूमीगत नाला, डिभाइडर र सडक कालोपत्रेको काम भइरहेको छ। क्षेत्रीय सहरी विकास आयोजनाका लागि महानगरपालिकाको तर्फबाट खटिएका परियोजना व्यवस्थापक इन्जिनियर शैलेन्द्र श्रेष्ठका अनुसार नाला सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले सडक आवागमन अवरुद्ध नहुने गरी निर्माण कार्य गर्नुपर्ने हुन्छ।

खनिएका सडकमा धुलो उड्न नदिन ठेकेदार कम्पनीले हरेक दिन बिहान बेलुकी टयाङकरबाट पानी छर्कनु पर्छ।तर ठेकेदार कम्पनीले नाला र सडक निर्माणका लागि खनिएको सडकमा पानी नछर्किएका कारण नगरवासी धूलो र हिलोबाट आजित भएका छन्।सडक हिलाम्मे हुँदा दिनहुँ सवारी दुर्घटना पनि बढेको छ।

सबैभन्दा बढी समस्या घण्टाघरदेखि बसपार्कको भानु चोकसम्मको लिंकरोडका स्थानीय प्रभावित भएका छन।लिंकरोडमा भूमीगत नाला, डिभाइडर र कालोपत्रे सडक निर्माणका क्रममा ठेकेदारले लापरवाही गर्दै आएका कारण विगत ६ महिनादेखि पैदल यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका छन्।

बिहीबार साँझ परेको पानीले निर्माणधिन लिंकरोडको सडक हिलाम्ये हुनुका साथै ठाउँठाउँमा पानी जमेर तालजस्तै बनेपछि पैदल यात्रु र सवारीचालकले निकै सास्ती खेप्नु पर्‍यो।सडकमा जमेको पानी र हिलोमै बिहीबार बेलुकी यात्री सवार इ-रिक्सा पल्टिँदा रौतहटको धर्मपुरकी एक महिला गम्भीर घाइते भइन्।उनको करङमा र अनुहारमा गम्भीर चोट लागेपछि भवानी हस्पिटलमा उपचार भइरहेको छ। 

पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने हुँदा पसलमा बस्नै नसक्ने अवस्था भएको लिंकरोडस्थित गुड आइडीया सप्लार्यसका संचालक कृष्णा पटटेलले बताए।'६ महिनादेखि व्यापार व्यवसाय चौपट भएको छ, पटेलले भने, 'पानी नपरेका बेला दिनभरि धूलो उड्छ, पसलमा बस्नै सकिदैन।धूलोकै कारण ग्राहक पनि आउँदैनन्। पानी परेपछि भने सडक हिलाम्ये हुन्छ, सहनुको सीमा नाघिसक्यो।'

उक्त योजनाका इन्जिनियर शैलेन्द्र श्रेष्ठले भूमीगत नाला, डिभाइडर र कालोपत्रेको निर्माण कार्य चलिरहेका कारण लिंकरोडमा यात्रु र सवारी चालकले सास्ती खेप्नु परेको स्वीकार गरे। लिंकरोडको काम जति सक्दो छिटटो सक्न ठेकेदारलाई निर्देशन दिइएको उनले बताए।वीगन्ज महानगरमा संचालित क्षेत्रीय शहरी विकास आयोजनाको ठेक्का कालिका जेडिएस जेभीले लिएको छ। दुई सय २४ करोड रुपैयाँको लागतमा संचालित उक्त योजनाको काम २४ महिनाभित्रमा सक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.