युवतीको विषयमा ग्याङ फाइट गर्ने सातजना जेल चलान
ललितपुर : गत वैशाख २० गते पुल्चोकको सुमेरु सिटी अस्पताल नजिकै युवतीको विषयमा ग्याङ फाइटमा संलग्न सातजना जेल चलान भएका छन्। फाइटमा २० वर्षीय अन्सल शाक्यको मृत्यु भएको थियो। फाइटमा संलग्न सात युवालाई शुक्रबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।
महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवतmा नारायण चिमोरियाका अनुसार मुकेश महर्जन, कृष्ण तामाङ, प्रितम चुडाल थापा, सागर शाही, कुमार तामाङ, विशान्त थापा मगर र सुजन सोडारी पुर्पक्षका लागि जेल चलान भएका हुन्। मुकेशले अन्सलमाथि छुरा प्रहार गरेको प्रहरी आनुसन्धानबाट खुलेको थियो।
वैशाख २० गते साँझ ६:३० मा दुई पक्षबीच ग्याङ फाइट हुँदा मृतक शाक्यको टाउँको र छात्तिमा गम्भीर चोट लागेको थियो। उपचारका लागि सुमेरु सिटी अस्पताल पुरयाउने बित्तिकै उनको मृत्यु भएको थियो।
उनको मृत्यु भए लगत्तै प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको थियो। भोलिपल्ट एकजना र केही दिनपछि मात्र अन्य अभियुक्त पक्राउ परेका थिए।
घटनामा संलग्न अविश्येक शाही, सविन लामा, विजय ठकुरी, शाही, एलेक्स भन्ने रुपेन खड्गी र जग्गु भन्ने पृथ्वीमान शाक्यमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको थियो। मृतक पक्षका उनीहरु बिहीबार जनही २० हजार धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत पाटनका न्यायाधीश मदनबहादुर धामीले उनीहरु पुर्पक्षका लागि जेल चलानको आदेश दिएको जिल्ला अदालत पाटनका श्रेस्तेदार चन्द्रप्रकास तिवारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !