आमाको घरमा रातो झन्डा

आमाको घरमा रातो झन्डा

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका-९ मा पुग्दा केही घरका छतमा रातो झण्डा राखेका देखिन्छन्। झण्डा देख्ने वित्तिकै जो-कसैलाई गाउँमा फेरी चुनाव आयो कि भन्ने भान हुन्छ। गाउँका अधिकांश घरमा रातो झण्डा देख्ने वित्तिकै धेरैले पार्टीका झण्डा हुन् भन्ने अड्कल पनि काट्छन्।

तर, नझुक्‍किनु होला। वडा कार्यालयले वडाभरीका हजार दिने आमाको घरमा रातो झण्डा राखेको हो। वडाअध्यक्ष हरिचन्द्र जोशीका अनुसार हजार दिनका आमाको पोषण स्थितिमा सुधार ल्याउन झण्डा राखिएको हो। 

हजार दिने आमाको घरमा राखिएको झण्डमा वडास्तरीय पोषण सुधार, राष्ट्र निर्माणको आधार लेखिएको जोशीबुंगा स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरीयाले बताए।  उनले गर्भवती र सुत्केरी भएको बेला थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले हजार दिने आमाको घरमा झण्डा राखिएको हो।

झण्डा राखेका घरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले आमालाई स्वास्थ्य सरसल्लाह दिने गरेका छन्। हजार दिने आमाको घरमा प्रत्येक हप्ता जाने र उनीहरुलाई पोषिलो खानेकुराका बारेमा जानकारी दिने गरेको पोषणको क्षेत्रमा काम गरिरहेको संस्था सुआहाराका फिल्ड सुपरभाइजर जन्तरा भट्टले बताइन्।

उनले भनिन्, ' गाउँमा गर्भवती र सुत्केरी आमाको खासै हेरचाह गरिदैन।त्यसैले विशेष हेरचाह र खानपानमा ध्यान दिनुपर्छ भनेर घरमा झण्डा राख्ने अभियान सुरु गरेका हौं।' घरमा रातो झण्डा राखेपछि नियमित रुपमा घरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र पोषण सहजकर्ता आउने गरेको दशरथचन्द नगरपालिका ९ की धाना जोशीले बताइन्। स्वास्थ्यकर्मीले पोषिलो खानेकुरा दिनुपर्छ भनेर घरपरिवारका सदस्यलाई पनि सम्झाउने गर्छन्।

वडाभरीका १९३ जना हजार दिने आमाका घरमा रातो झण्डा गाडिएको दशरथचन्द नगरपालिका- ९ का सचिव कृष्ण हराले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.