खाजा पसलमा लागूपदार्थको अवैध व्यपार

खाजा पसलमा लागूपदार्थको अवैध व्यपार

वीरगन्ज : पर्साको ग्रामीण भेगमा भएका स-साना अस्थायी होटल र पसलहरुमा घरेलु मदिरा, ताडी, गाँजा, चुरोट, सुर्ती आदि लागूपदार्थको बिक्रिवितरण भइरहेको छ ।

ग्रामीण भेगका चोक, सडक छेउ, नदिको बाँध, बाँसघारी, बगैंचामा पाल तानेर अवैध रुपमा खोलिएका स साना होटल र पसलहरुमा भुजा पकौडीसँगै घरेलू मदिरा, ताडी, गाँजा, चुरोट, सुर्ती जस्ता प्रतिबन्धित नशाजन्य वस्तुहरु खुलेआम रुपमा  बिक्री भइरहेको पाइन्छ ।

ती होटल र पसलका अधिकांश ग्राहक चालक रहेका छन् । विद्यालय पढ्ने किशोर पनि त्यहाँ बिहानैदेखि चहलपहल देखिने गरेको स्थानीय शिक्षक सुभाष दास थारुले बताए ।

घरेलु रक्सी, टाडी, गाँजाको उत्पादन, ओसार पसार र सेवनमा प्रतिबन्ध लगाइएको भए पनि सडकका डिल र बंगैंचाहरुमा खोलिएका भुजा पकौडाका होटल र पसलहरुमा ती प्रतिबन्धित वस्तुहरु खुलेआमा रुपमा बिक्री वितरण भइरहेको शिक्षक थारुले बताए । 
 
'सडक भएर गुड्ने सवारी सधानका चालक, साइकल यात्री ती पसलमा छिरेर रक्सी ताडी खाएर गन्तव्यतिर लाग्छन्', उनले भने, ‘स्कुलबाट घर फर्किने बेला ९, १० र प्लसटुमा पढ्ने किशोर र युवाहरु पनि ती पसलमा छिर्छन्। ताडी , चुरोट र गुटुखा खाएर मात्र घर जान्छन् ।'

लागूपदार्थ सेवनपछि चालकहरुले नशामा मातेर सडकमा गाडी चलाउँदा दुर्घटनाको जोखिम पनि बढाएको स्थानीय प्रमोद यादवले बताए ।
'सडक डिलमा छयाप्छयाप्ती खेलेका ती होटल र पसलले एक त वाणिज्य कार्यालय र आन्तरिक राजश्व कार्यालयबाट लाइसेन्स लिएका छैनन्', यादवले भने, ‘त्यसमा पनि भुजा पकौडीको होटलका नाममा प्रतिबन्धित रक्सी, ताडी खुलेआम बिक्री वितरण भइरहेको छ ।' 

सरकारी निकायले अनुगमन गरेको खबर अहिलेसम्म थाहा नपाएको यादवले बताए ।
पटेर्वासुगौली गाँउपालिकाकी उपप्रमुख ममता महत्तो थारुले भने अवैध रुपमा खोलिएका त्यस्ता पसलहरु बन्द गराउन छिट्टै पहल थाल्ने बताइन् । 

'अहिले यो समस्या हरेक गाँउमा देखिएको छ', उनले भनिन्, ‘गाँउपालिकाले अहिलेसम्म बजार अनुगमन समिति त गठन गरेको छैन तर अब म आफ्नै पहलमा अनुगमन गरेर त्यस्ता होटल र पसलहरु बन्द गराउँछु ।' 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले पनि यस बारेमा प्रहरीको ध्यानाकर्षण भएको भन्दै त्यस्ता अवैध पसलहरु बन्द गराउन मातहतका प्रहरी चौकी इन्चार्जलाइ निर्देशन दिने बताए ।

पर्सामा लागूऔषधको ओसार पसार र सेवनमा वृद्धि हुँदै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका १४ वटै स्थानीय तहमा २०७५ बैशाख १४ देखि लागूऔषध रोकथाम महाभियान नै संचालन गर्दै आएको छ  । 

तर लागू औषध ओसार पसारको कारोबार घट्नुको साटो झन बढ्दै गएको प्रहरीको तथ्याङकले पुष्टी गरेको छ । 
   
पर्सा प्रहरीका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि बैशाख १५ सम्म साढे नौ महिनाको अवधिमा मात्रै लागू औषधको कारोबारमा संलग्न रहेको अभियोगमा एक सय ८० जना पक्राउ परेका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा (१२ महिनामा) एक सय १५ जना मात्र पक्राउ परेका थिए । लागू औषध ओसारपसारमा युवा युवतीहरुको संलग्नता बढ्दै गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  
  
पर्सा प्रहरीको तथ्याङक अनुसार, लागू औषधको अवैध ओसारपसार र व्यपारमा चालु आर्थिक वर्षको साढे नौ माहिनाको अवधिमा पक्राउ परेका एक सय ८० मध्ये १६ देखि ३५ वर्ष उमेरका एक सय ५७ जना रहेका छन् ।
 
अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा (१२ महिनामा) भने पक्राउ परेका एक सय ९५ मध्ये १६ देखि ३५ वर्ष उमेरका एक सय ४९ थिए ।
  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.