कुटपिटबाट कार्यालय सहयोगी गम्भीर, विरोधमा कर्मचारी आन्दोलित

कुटपिटबाट कार्यालय सहयोगी गम्भीर, विरोधमा कर्मचारी आन्दोलित

वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिकाका कर्मचारी सोमबारदेखि कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। कार्यालय सहयोगी श्रीराम पटेललाई स्थानीय केही युवाले कुटपिट गरी घाइते बनाएपछि त्यसको विरोधमा गाउँपालिका कार्यालय र पाँचवटै वडाका कार्यालयका कर्मचारी कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

आइतबार साँझ कार्यालयबाट वीरगन्जस्थित घर फर्किने क्रममा मोटरसाइकलमा सवार रहेका कार्यालय सहयोगी पटेललाई बाटोमा वडा नम्बर ४ का अशोक दास, राजेश थारु र सञ्जु महतोले मादक पर्दार्थ सेवन गरी कुटपिट गरी घाइते बनाएका थिए।

एउटै मोटरसाइकलमा सवार रहेका तीनैजना युवाले सुपौलीस्थित हुलाकी सडकमा पटेल सवार रहेको मोटरसाइकल रोकेर साइड किन नदिएको भन्दै पटेललाई उनकै हेल्मेटले टाउकोमा हिर्काएर घाइते बनाएको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए। 

कुटपिटबाट पटेलको टाउको गहिरो चोट लागेको छ। घाइते पटेलको आइतबार राति सदरमुकाम वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गरिएपनि निको नभएपछि सोमबार नेशनल मेडिकल कलेजमा उपचार गरिएको गिरीले जानकारी दिए।

कुटपिटमा संलग्न तीनैजना युवकलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आइतबार राति नै पक्राउ गरी थुनामा राखेको छ। तर आन्दोलनरत कर्मचारीले भने प्रहरी नियन्त्रणमा रहेका तीनैजना विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता नगरिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रमुख प्रशाकीय अधिकृत गिरीका अनुसार कर्मचारी आन्दोलनमा उत्रिएका कारण गाउँपालिका कार्यालयका साथै पाँचवटै वडा कार्यालयको कामकाज सोमबारदेखि ठप्प भएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.