भारतबाट प्लाष्टिकको झोलामा कोरेक्सको झोल बोकेर ल्याउने पक्राउ
वीरगन्ज : वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरीको भन्सार राजश्व चुहावट नियन्त्रण टोलीले करिब आठ लिटर (८० बोतल) कोरेक्सको झोलसहित मकवानपुरको वागमती गाउँपालिका–४ का ४६ वर्षीय ज्ञानबहादुर तमाङलाई आइतबार दिउसो पक्राउ गरेको हो ।
आइतबार अपरान्ह सीमावर्ती भारतीय सहर रक्सौलबाट ८० बोतल कोरेक्स खरिद गरेर त्यसको झोल प्लाष्टिकको झोलामा खन्याएर वीरगन्ज आउँदै गरेको अवस्थामा तमाङलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
रक्सौलबाट इ रिक्सामा आइरहेका तमाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथमा रहेको प्लाष्टिकको झोलबाट ८ लिटर कोरेक्सको झोल बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काले बताए ।
तामाङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुभाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !