टिपरको ठक्‍करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

टिपरको ठक्‍करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

वीरगन्ज : इदुल फित्र पर्व मनाउन घर आउँदै गरेका दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। कलैया पिलुवा सडकखण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका-२६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्‍कर दिँदा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको हो।

ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई दिउँसो पौने १ बजेतिर ठक्‍कर दिएको हो।ट्रिपरको ठक्‍करबाट मोटरसाइकल चालक मृतक खातुनका श्रीमान् ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुसेनको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

नवलपरासीको कावासोतीमा व्यापार गर्दै आएका दम्पति बुधबार परेको इदुल फित्र मनाउन मोटरसाइकलमा घर फर्किँदै गरेका बेला ट्रिपरले ठक्कर दिएको थियो।ट्रिपर र ट्रिपर चालक सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनालगत्तै स्थानीयले सडकमै मृतक खातुनको शव राखेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए।  सडक अवरुद्ध भएपछि घटनास्थलमा पुगेको प्रहरी र स्थानीय प्रदर्शनकारी बीच भएको छलफलमा तत्कालका लागि कलैया पिलुवा सडकखण्ड ट्रिपर चल्न नदिने सहमति भएपछि अपरान्ह सवा ३ बजेदेखि सडक सूचारु भएको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.