भारतबाट राजश्व छलेर ल्याइएका अवैध गहनासहित युवक पक्राउ

भारतबाट राजश्व छलेर ल्याइएका अवैध गहनासहित युवक पक्राउ

वीरगन्ज : भारतबाट राजश्व छलेर ल्याइएका चाँदीका तयारी गहनासहित एक युवक पक्राउ परेका छन् ।

भारतबाट भित्र्याइएका तीन किलाे ८ सय ग्राम गहनासहित वीरगन्जको बसपार्कबाट ३२ वर्षीय मनोज यादव पक्राउ परेका हुन् । पर्साको बहुदरामाई नगरपालिका–१ का मनोजलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले बसपार्कस्थित सन्ध्या डिलक्स बस काउन्टर अगाडि राखिएको ईन्भर्टर चेकजाँच गर्दा ईन्भर्टरभित्र लुकाएर राखिएको अवस्थामा चाँदीका गहना बरामद भएको हो ।

अवैध गहनासहित पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि मङगलबार वीरगन्ज भन्सार कार्यालय बुझाइएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.